मंगलबार २३ जेठ २०८०

सडकमा गुडिरहेको एक ट्रकले नियन्त्रण गुमाउँदा एक दम्पतिको ज्यान गएको छ । यो समाचार सप्तरीको हो । ना ६ ख ३८६१ नम्बरको मालबाहक ट्रकले नियन्त्रण गुमाएको हो । सडकमा साइकलमा एक दम्पति सवार थिए ।

उक्त दम्पतिलाई त्यो ट्रकले ठ क्क र दिँएको थियो । घटनामा सप्तरीको भारदह भलुवा निवासी ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया पत्नी सुनिता देवी मण्डलको मृत्यु भएको हो ।

यो घटना पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हुनमाननगर कंकालिनी नगरपालिका–१ स्थित सडक खण्डमा भएको थियो । ट्रकले अर्को साइडमा रहेका मण्डल दम्पति सवार साइकललाई ठ क्क र दिएको थियो ।

ट्रकको ठ क्क र बाट मण्डल दम्पतिको घटनास्थलमै मृत्यु भएको जानकारी इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहले दिएका छन् ।

‘ट्रक द्रूत गतिमा रहेछ,’ सिंहले भने, ‘त्यही भएर आफ्नो साइड छाडेर अर्कोतिर गएर साइकललाई ठ क्क र दिएको देखिन्छ ।’

मृ त क दम्पतिको शवलाई परीक्षणका लागि गजेन्द्रनारायण सिंह असपताल राजविराज पठाएको छ । ठ क्क र दिने ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । फाइल तस्वीर


Last Updated on: May 11th, 2021 at 3:37 pm
२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया