बिहिबार ११ आश्विन २०८०

एजेन्सी – भारतमा गंगा नदीको किनारमा कम्तीमा ४० वटा शव फेला परेका छन्। ती शवहरु कोरोना संक्रमितहरुको हुन सक्ने द हिन्दुले उल्लेख गरेको छ।

कसरी ती शव नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भएको छैन। भारतको उत्तर प्रदेश तथा बिहार राज्यको सिमानामा नदी किनारमा ती शव फेला परेको सोमबार बीबीसीले जानकारी दिएको छ।

‘झण्डै ३०–४० शवहरु देखिएका छन्। त्यहाँ वरिपरि कुकुहरु घुमिरहेका छन्। तिनीहरुमध्ये धेरैजसो कोरोना संक्रमित जस्तो देखिन्छन्,’ स्थानीय वकिल आश्विनी बर्माले भनिन्।

शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने बताइएको छ। अधिकारीहरूका अनुसार ती शव फुलेका छन् अनि केही जलेका पनि छन्। केही स्थानीय बासिन्दा तथा स्थानीय पत्रकारहरूले बीबीसी हिन्दीसँग कुरा गर्दै दाउराको अभाव तथा अन्तिम संस्कारको बढ्दो खर्चले गर्दा कतिपय परिवारहरूले शवलाई सोझै नदीमा हालिदिन बाध्य भएको बताएका छन्।


Last Updated on: May 11th, 2021 at 3:41 pm
६२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया