आइतबार १९ मंसिर २०७८

संखुवासभा हत्या प्रकरण अपडेट
घटनास्थलमा ७ तोला सुन, ४ लाख ७१ हजार भेटियो, ‘क्लु’ पत्ता लागिसकेको छ, छिट्टै अपराधी सार्वजनिक गर्छौः एसपी दाहाल
हाम्रो कोशी आवाज डटकम
२०७८ भदौ २२
6.8k
Shares
sharethis sharing button

धरानः संखुवासभाको मादी–१ उम्रिङस्थित खोलागाउँमा भएको हत्या प्रकरणमा नयाँ तथ्य खुल्दै गएको छ ।
प्रहरीले उनीहरुको घरबाट ४ लाख ७१ हजार रुपैयाँ र केही सुनसमेत फेला पारेको जनाएको छ । धरानबाट खटिएका एसपी भीमबहादुर दाहालका अनुसार केही रकम र सुन भेटिएको जानकारी दिए । ‘घटनास्थलबाट करिब ७ तोला सुन र ४ लाख ७१ हजार रुपैयाँ नगद फेला परेको छ’, उनले भने । घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान गर्ने क्रममा घरमा ७ तोला सुन र त्यति नगद भेटेको उनले जानकारी दिए ।
हालसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ । ‘आज (मङ्गलबार) ६ जनाकै शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौं’, घटनास्थलमा रहेका एसपी दाहालले भने, ‘शव आजमात्रै पुगिसक्छ, भोलि बेलुकासम्ममा पोष्टमार्टमको रिपोर्ट आउँछ, त्यसपछि केही ‘क्लु’ भेटिन्छ र थप अनुसन्धान अगाडि बढ्छ भन्ने हो ।’
मङ्गलबार फरेन्सिकसहितको प्रहरी टोलीले घटनास्थलबाट प्राप्त हुनसक्ने प्रमाणदेखि अन्य कुराहरु सङ्कलन गरिसकेको उनले जानकारी दिए ।
‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा ६ जनाको एकै प्रकारले हत्या गरेको देखिएको छ । ६ जनाको नै टाउकोमा चोट देखिएको छ, प्रायः सबैको टाउकोमै प्रहार भएको देखिएको छ, कस्तो वस्तुले टाउकोमा प्रहार भएको हो भन्ने खुल्न सकेको छैन, थप अनुसन्धान भइरहेको छ’, उनले भने ।
उनले केही ‘क्लु’ का आधारमा प्रहरी अपराधीको नजिक पुगिसकेको पनि दावी गरे । ‘विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी थप नजिक पुगेका छौं, छिट्टै दोषी सार्वजनिक हुन्छ ।’ उनले भने ।
उनीहरुको शव विभिन्न ४ ठाउँमा ६ वटा शव फेला परेको थियो । ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षकी गोमा कार्कीको हत्या भएको हो । पार्वती घरभित्र नै खाटमा मृत अवस्थामा फेला परेकी थिइन् । तेजबहादुर भेने घर बाहिर बाटोको भित्तामा मृत अवस्थामा भेटिएका थिए । बुहारी रञ्जना खोलामा, दुई नाबालिका बारी नजिकै घोप्टो परेको अवस्थामा फेला परेका थिए ।


प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएका ‘केही सङ्केत’ अनुसार आर्थिक कारणले एकै परिवारका ६ जनाको हत्या भएको आशंका समेत गरेको छ । घटनास्थल पुगेको प्रहरीको अनुसन्धान टोलीका एक सदस्यले कार्की परिवारको घरमा रकम रहेको आशंकामा डाँका गर्न आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने ‘संकेत’ देखिएको जानकारी दिएका थिए । घटनास्थलमा नगदसमेत भेटिएकोले हत्याको पछाडि आर्थिक कारण नै जोडिएको हुनसक्ने विषयमा ‘गहन अनुसन्धान’ थालेको प्रहरी स्रोत बताउँछ ।
प्रहरी स्रोतका अनुसार ८० लाख मूल्य पर्ने जग्गा झापामा किनेको र सो जग्गा पास गर्ने सुरसारमा ती परिवार रहेको थियो । उनीहरुले केही रकम बैना समेत गरेको छिमेकीले जानकारी दिएका छन् । आर्थिक कारणले नै हत्या हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले स्रोतले जनाएको छ । उनीहरुले झापामा जग्गा किन्ने भनेपछि विदेशमा रहेकाहरुले केही रकमसमेत पठाएको छिमेकी बताउँछन् ।
उनीहरुको कसैसँग दुश्मनी नरहेको समेत छिमेकीहरुले बताएका छन् । उनीहरुको हत्या दुईजना भन्दा बढी समूहले हत्या गरेको हुनसक्ने समेत प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली समेत घटनास्थल पुगेको छ ।


Last Updated on: September 8th, 2021 at 7:11 pm
४८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया