आइतबार १९ मंसिर २०७८

सुनसरी- संखुवासभाको मादीमा भएको सामूहिक ह’त्या’का’ण्ड’का ६ जनाको सुनसरीको इटहरी’मा दा’ह’सं’स्का’र गरिए’को छ ।

इटहरीस्थित गंगाजमुना घाटमा बुधबार साँझ एकै परिवारका ६ जनाको सामूहिक अ’न्त्ये’ष्टी गरि’ए’को हो । त्यसअघि श’व’को धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो ।

अ’न्त्ये’ष्टि’का लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान पुगेका थिए ।

तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्कीको एउटै चितामा राखेर अ’न्त्ये’ष्टि गरिए’को छ ।

तेजबहादुरकी जेठी बुहारी रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन कार्की, नातिनी सात वर्षीया गोमा कार्की’को श’व एउटै चितामा राखेर अ’न्त्ये’ष्टि गरिए’को थि’यो । तेजबहादुरकी आमा पार्वती कार्कीला’ई छु’ट्टै चि’ता’मा राखिए’को थि’यो ।

संखुवासभाको मादी नगरपालिका १ खोला गाउँको उम्लिङमा सोमबार एकै परिवारका ६ जना’को ह’ त्या भएको थियो ।

घटनाको अनुसन्धान संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोलीले गरिरहेको छ ।


Last Updated on: September 9th, 2021 at 9:40 am
३४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया