बुधबार २२ मंसिर २०७८

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा विरोध प्रदर्शन भएको छ ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार बिहीबार बिहान कतार हुँदै चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् । उपाध्यक्ष सुमार विमानस्थलमा उत्रिएका बेला कारमा आएका केही व्यक्तिहरूले मुख्य गेट बाहिर एमसीसीविरुद्ध नाराबाजी गर्दै विरोध गरेका हुन् ।नो एमसीसी’ लेखेका टि-सर्ट लगाएका एक व्यक्ति कारबाट बाहिर निस्किएर एमसीसीविरुद्ध नारा लगाएका थिए । उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । अर्का व्यक्तिले भने कारभित्रैबाट एमसीसीको विरोध गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा त लिएन तर कार त्यहाँबाट हटाएको थियो


Last Updated on: September 9th, 2021 at 11:27 am
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया