बुधबार २२ मंसिर २०७८

इजरायल जान दरखास्त दिएका कामदारको यही भाद्र २८ गते लिखित परीक्षा लिइने भएको छ । वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भाद्र २८ गते दिउँसो १ बजे काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुनेछ।

वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त आह्वान गरेको थियो । जसमा १० हजार आवेदन दिएको विभागले जनाएको छ । इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

कसरी दिने आवेदन?

इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुक महिला र पुरुष दुवैले आवेदन दिन पाउँछन् । सरकारी तवर बाटै जाने कामदारको मासिक न्यूनतम तलब १६ सय डलर अर्थात् लगभग एक लाख ९० हजार रुपैयाँ हुन्छ ।कामदारले लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ बुझाउन पर्छ । इजरायलले पहिलो चरणमा एक हजार नेपाली श्रमिक लैजाने छ ।

आवेदन भर्न यहाँ क्लिक गर्नुहोस् – क्लिक गर्नुहोस्

जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषहरूका लागि आवेदन खुला गरिएको छ । इजरायल रोजगारीको लागि आवेदन दिनेहरूका लागि विभागले विभिन्न मापदण्डहरू तोकेको छ । निवेदन दिन इच्छुक व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल आवश्यक पर्छ । अङ्ग्रेजी भाषाको ज्ञान भए इजरायलको स्थानीय भाषा अनिवार्य छैन ।

आवेदन दिन दुई तरिका अपनाउन सकिन्छ

फारम भर्ने तरिका जान्न यहाँ क्लिक गर्नुहोस्- फारम भर्ने तरिका

विभागको वेबसाइट https://www.dofe.gov.np/ यो विभागको वेबसाइट हो । यो खेलेपछि नयाँ समाचार भन्ने शीर्षक देखिन्छ । त्यहाँ नै इजरायल रोजगारीको लागि भनेर एउटा सूचना छ । त्यहाँ क्लिक गर्‍यो भने त्यहीबाट नै आवेदन दिने ठाउँमा पुगिन्छ ।

त्यसको नाम https://ferms.dofe.gov.np/israel/login हो । यसमा सिधै जाँदा पनि हुन्छ । अथवा विभागको वेबसाइटबाट सिधै जाँदा पनि हुन्छ । यसरी आवेदन दिने ठाउँमा तपाईँहरू पुग्न सक्नुहुन्छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

 


Last Updated on: September 9th, 2021 at 11:43 am
२४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया