
समयमै आइसीयू नपाउँदा माओवादी नेता नारायणकाजीकी बुहारीको निधन
May 11, 2021 8
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठकी बुहारी निर्मला वैद्यको कोभिड–१९ संक्रमणले मृत्यु भएको छ। अस्पताललमा उपचाररत वैद्यको मंगलबार निधन भएको प्रवक्त श्रेष्ठले जानकारी दिए।
कोभिड भएसँगै केही दिन अघिदेखिनै अस्पताल खोजि गरेको भएपनि अक्सिजनसहितको शय्या पाउन नसकेको उनले जनाए। आइसीयू र भेन्टिलेटरको खोजी गरेको भएपनि पाउन नसकिएको र अन्तिम समयमा ट्रमा सेन्टरमा आइसीयू फेला परेको भएपनि बुहारीलाई बचाउन नसकिएको उनले बताए।
‘केही दिन देखि नै अस्पतालहरुको ढोका ढक्ढक्याउदा शुरुमा इमर्जेन्सी र अक्सिजन सहितको बेडसमेत पाइएन ,आइसीयू र भेन्टिलेटर त परको कुरा’ श्रेष्ठले भने,‘पछि एउटा साधारण प्राइभेट अस्पतालमा भर्ना गरेर आइसीयू खोज्न लाग्यौं।केही दिन पछि हिजो मात्र बल्ल ट्रमा सेन्टरको आसियुमा राख्न सक्यौं। तर बुहारीलाई बचाउन सकिएन।’
भतिज विकल(निर्मलाका श्रीमान) पनि कोभिडसँग जुँधिरहेको श्रेष्ठले बताए। उनका लागि पनि आइसीयू चाहिएको अवस्थामा पाइने नपाइने ठेगान नभएको उनको भनाइ छ। समयमा नै उपचार पाउन नसकेर कयौंको दिनदिनै ज्यान गइरहेको भन्दै प्रवक्त श्रेष्ठले बुहारी अहिलेको हाम्रो हालतको एक दृष्टान्त भएको उनको भनाइ छ।
‘बुहारी निर्मला त अहिलेको हाम्रो हालत को एक दृष्टान्त मात्र हुन्। यसरी नै समयमा उपचार पाउन नसकेर कैयौंको दिनदिनै ज्यान गैरहेको छ’उनले भने,‘म आफैले पनि अरु धेरै कोभिड संक्रमितहरुको लागि बेड र आइसियु खोजेको छु,तर पाइराखेको छैन।’
श्रेष्ठले महामारीको यस्तो बेलामा सरकारले वेवास्ता गरिरहेको र त्यो क्षम्य हुन नसक्ने बताए। ‘महामारीको बेलामा स्वास्थ्य क्षेत्रको यो अब्यबस्था र बेवास्ता क्षम्य हुन सक्दैन’ श्रेष्ठले भने।