शनिबार १८ मंसिर २०७८

काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ एमसीसीको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेकै दिनकाठमाडौं मध्यबानेश्वर शंकास्पद वस्तु फेला परेको छ । मध्यबानेश्वरको एक आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएको हो । यो संघिय संसद भवन नजिकैको ठाउँ हो ।

नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न लागेका बेलमा ब’म भेटिनु अर्थपूर्ण रुपमा हेरिएको छ । तर प्रहरीले भने अस्पतालको तेस्रो तलाको एक शौचालयमा भेटिएको शङ्कास्पद वस्तु ब’म नभएको पुष्टि भएको बताएको छ ।

शौचालयमा ब’म भेटिएको हल्ला चलेपछि केही समय उक्त क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको थियो । प्रहरीको विशेष टोली र नेपाली सेनाको ब’म डिस्पोजल टोली घटनास्थल पुगेको थियो । डिस्पोज गर्दा बम नभएको पाइएको एसएसपी सिंहले जानकारी दिए । ‘एउटा थोत्रो मोवाइलमा तार जोडेर टाइमरजस्तो देखाइएको रहेछ’ एसएसपी सिंहले भने, ‘त्यो नक्कली ब’म डिस्पोज भैसकेको छ ।’


Last Updated on: September 9th, 2021 at 2:45 pm
६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया