आइतबार १९ मंसिर २०७८

जिल्लाको पौवादुङगा गाउँपालिका वडा नं.३ च्याङग्रे साविकको च्याङग्रे गाउँ विकास समिति वडा नं.१ मम्ताङका निर्मल तामाङ र उषा राईको सुपुत्र ९ वर्षिय छोरा निप्सन तामाङको आन्द्रा फुटेर हाल:केही महिनादेखि काठमाडौं महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा सर्जिकल बेड नं.१९६ मा उपचार भइ रहेको छ ।

भोजपुरमा जन्मनु भएका हाल:भक्तपुरमा बसोबास गर्दै आउनु भएका बौद्धिक व्यक्तित्व सन्तोष योन्जनले बुधबार आन्द्राको समस्याबाट पी,डित आर्थिक अभाव भएका तामाङको उपचार्थ आर्थिक सहयोग रु.५ हजार सहयोग गर्नुहुँदैं,आन्द्राको समस्याबाट पी,डित बालकको उपचार्थ सहयोग गर्न स्वदेश तथा बिदेशमा रहनु भएका दाजुभाई तथा दिदिबहिनीहरुलाई तेमालखबर अनलाइनमार्फत अनुरोध गरेका छन् ।

 

आन्द्राको समस्याबाट पी,डित बालक निप्सन तामाङको उपचार्थ आर्थिक अभाव भएकाले उपचारको निमित्त निज बालकको बुबा निर्मल तामाङको नाममा एन एम बि बैंक,बबरमहल शाखा,काठमाडौंमा खोलिएको बचत खाता नं.००१० १६४५ ८२३ ०००१५ मा जम्मा गरि सहयोग गर्न या सम्पर्क नं.९८१८ ५८१८५१ र ९८०७० ६९०१४ मा सम्पर्क गरेर सहयोग गर्नसमेत सक्नुहुने पारिवारिक श्रोतले तेमालखबर अनलाइनलाई जनाइएको छ ।

 

 


Last Updated on: September 9th, 2021 at 3:09 pm
३५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया