आइतबार १९ मंसिर २०७८

झापा । वैदेशिक रोजगारका लागि कुवेत गएका झापाका दुई व्यक्तिको ढिस्कोले पु,रि,एर मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड- १० विराट पोखरका ३८ वर्षीय यामबहादुर कटुवाल र बाह्रदशी- ५ का ५० वर्षीय सुकलाल राजवंशी रहेका छन् । कुवेतको लिमाक इन्टरनेशनल कम्पनीको लागि त्यहाँस्थित अन्तर्राष्ट्रिय एयरपोर्टमा काम गर्दै गरेका उनीहरूको हिजो ढिस्कोले पु,रि,एर मृ,त्यु भएको हो । ढिस्कोले पु,रि,एर अर्का एक घाइते भएका छन् ।

ढिस्कोले तीन जना पु,रि,एका थिए । उनीहरूलाई ४ घण्टामा उद्धार गरिएको अरब टाइम्सले जनाएको छ । कटुवाल २ वर्ष १० महिनाअघि दुबई ओभरसिजमार्फत कुवेत गएका थिए । उनी यही दसैँमा छुट्टी मिलाएर घर आउने भएका थिए । ‘अचानक आज बिहान ६ बजेतिर त्यस्तो खबर आयो’ उनका बुवा दुर्गा कटुवालले भने ।

मृतक कटुवालका माहिला दाजु पनि हाल सोही कम्पनीमै कुवेतमै कार्यरत छन् । सोही दु,र्घ,टनामा बाह्रदशीका राजवंशीको पनि मृत्यु भएको हो । उनी केही वर्षदेखि कुवेतमा कार्यरत थिए ।

 


Last Updated on: September 9th, 2021 at 6:27 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया