बुधबार २२ मंसिर २०७८

काठमाडौं :पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।

नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ ।

तीमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् भने हालसम्म १० हजार ९२४ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ४५८ जनाको आईसीयू र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 


Last Updated on: September 10th, 2021 at 5:07 pm
१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया