आइतबार १९ मंसिर २०७८

रौतहट, २५ भदौ – अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आईटी आर्मीले प्रदर्शन गरेको छ ।

नेकपा एमालेनिकट आईटी आर्मीको चन्द्रपुर नगर कमिटीले शुक्रवार एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।राष्ट्रिय स्वाधीनताको रक्षाको लागि एमसीसी सम्झौता खारेज हुनुपर्ने आईटी आर्मीका युवाहरुको माग थियो ।

युवाहरुले महेन्द्र राजमार्गको चन्द्रपुर खण्डमा विरोध प्रदर्शन गरेका हुन् । जिल्ला अध्यक्ष नरेश तुराहाको नेतृत्वमा गरिएको उक्त विरोध कार्यक्रममा ‘राष्ट्रिय स्वाधीनताको रक्षा गर, राष्ट्रघाती एमसीसी फिर्ता गर, देश बे,च्न पाइँदैन, एमसीसी चाहिँदैन’ जस्ता नारा लगाइएको थियो ।


Last Updated on: September 10th, 2021 at 7:38 pm
१५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया