
बिवाह खर्च कटाएर अक्सिजन किन्न ५१ हजार सहयोग
May 11, 2021 12
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
दाङ । कोरोनाको महामारिमा बिवाह गरेको नब बिबाहित घोराहीको एक जोडिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको छ ।नब बिबाहित जोडि घोराही १८ नवलपुर निबासी अबिनाश राना र सिर्जना राना कवरले आफ्नो बिवाह खर्च कटाइ कोरोनाको महामारिको बेला अक्सिजन नपाई बिरामीको उपचारमा समस्या भएपछि ५१ हजार रुपैया आर्थिक सहयोग गर्नु भएको हो ।
बिवाह खर्च कटाइ सानो रकम अक्सिजन खरिदका लागि पैसा सहयोग गर्न पाउदा आफुहरु अत्यन्तै खुसी भएको र समाजमा सकारात्मक शन्देश प्रबाहसहित सामाजीक उत्तरदायीत्व बहन गर्दै सो रकम सहयोग गरेको उनिहरुको भनाइ छ । राना र कवर बिच कोरोनाको महामारिमा केही दिन पहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ बिवाह भएको थियो ।
नब बिबाहित जोडिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारि, अस्पताल निर्देशक डा.प्रज्ञा बस्नेत, कामु रजिस्ट्रार झङ्कार लामीछानेलाई ५१ हजारको चेक हस्तान्तरण गर्नु भएको थियो । उपकुलपती भण्डारिले कोरोनाको महामारीमा आफ्नो बिवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरिदका लागि प्रतिष्ठानलाइ सहयोग गरेकोमा धन्यवाद दिदै बैबाहिक बन्धनमा बाधीएकोमा सफल दाम्पत्य जिबनको बधाइ तथा शुभकामना दिनु भयो ।
सो अवसरमा दाङ उबासंघका पुर्ब जिल्ला अध्यक्ष नारायण भुसाल, पुर्ब अध्यक्ष हेमराज बन्जाडे, संघका बाणिज्य उपाध्यक्ष रामप्रशाद पोख्रेल,नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष सबिन प्रियासनसहितको उपस्थिती रहेको थियो । आर्थीक सहयोग गर्ने नब बिबाहित जोडि दाङ निर्माण ब्यबसायी संघका कार्य समिती सदस्य राना नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनि प्रदेश अध्यक्ष बलिभद्र राना र अनिता रानाको छोरा र बुहारी हुन ।