शनिबार १८ मंसिर २०७८

संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको ह’त्या आरोपमा नाता पर्ने भतिजा उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ। लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको ह’थौडा र र’ग’तले ल त पतिएको कपडा बराबद भएको प्रहरीले जनाएको छ।

मृ त कको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ। प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए। ‘हामी अनुसन्धानको निष्कर्षमा पुगेका छौं, घटनाबारे विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा भन्नेछौं,’ दाहालले घटना के कसरी र के कारणले भएको भन्नेबारे पनि प्रहरीले सार्वजनिक गर्ने उनले बताए।

भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह’त्या भएको थियो । शव फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले ह’त्या अनुसन्धान गरेका थिए ।


Last Updated on: September 11th, 2021 at 12:48 pm
२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया