शुक्रबार १५ मंसिर २०८०

झापा । सुन्दा अचम्म लाग्न सक्छ । श्रीमान श्रीमतीबीच शिष्टाचार वा म्यानरर्स जस्ता औपचारिकता किन आवश्यक छ ? तर श्रीमान श्रीमतीबीच सानो तिनो झगडा, मनमुटाव हुने कारण यहि नै हो । आपसमा अशिष्ट भाषाको प्रयोग गर्नाले अन्जानमा एकअर्कालाई अपमानित गरिरहेका हुन्छन् । यस्तोमा केहि कुराको ख्याल राख्नुपर्छ । जसले सम्बन्ध बलियो मात्र हुँदैन् । एकअर्काबीच सम्मान र प्रेम पनि बढ्छ ।

भनिन्छ श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ ।नेपालमा आजकल श्रीमान श्रीमती बीच धेरै बिबाद भएका समाचार आउने गर्छन ।झापाको झिलझिलेमा पनि एक दम्पतिमा बिबाद आएको छ । श्रीमतीले धेरै रक्सि खाएका कारण श्रीमानले सौता ल्याएका छन् । उनीहरुको अहिले पुनरमिलन भएको छ ?

भिडियोमा हेर्नुस्ः

यो पनि पढ्नुहोस

एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?

जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।

कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।

विवाह गर्नैपर्छ त

न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।

पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।

त्यसो भए विवाह गर्नैपर्छ त

यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।

विवाह बन्धन कि बाध्यता

हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।

हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।

यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।

गृहस्थी सुखको कुरा

तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।

विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट


Last Updated on: May 11th, 2021 at 7:57 pm
३३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया