आइतबार १९ मंसिर २०७८

संखुवासभामा सामुहिक ह’त्या’काण्डका एक जना आरोपीलाई प्रहरीले हिजो साँझ समातेको छ । मादी नगरपालिका–१, उमलिङको खोलागाउँमा सोमबार एउटै परिवारका ६ जनाको सा’मूहिक ह’त्यामा सं’लग्न भएको आशंकामा प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्रेको हो ।

घटनास्थलबाट मु’श्किलले १ सय मीटरको दूरीमा रहेका र हिजो पक्राउ परेका छिमेकीले आफूलाई तेजबहादुर कार्कीले सँधै हे’प्ने गरेकाले परिवार नै स’खाप बनाएको बताएका छन् ।

गाउँमै बस्दै र खेतीपाती गर्दै आएका उनले, ‘विदेश गएर दुई छोरोले कमाएको फूर्ति लगाउने र कहिलेकाँही तेजबहादुरले यातना समेत दिने गरेकाले मा’रिदिएको’ बयान दिएको बताइन्छ ।

ह’त्या आरोपीको भनाइ छ, ‘आर्थिक रुपमा कमजोर भएकाले मलाई हेप्यो । उसले छोरो विदेश गएकाले कमाएको तर गाउँमा खेतीपाती गर्ने आफूले न’कमाएको भनेर सँधै हेप्थ्यो । त्यसैले सि’ध्याइदिएँ ।’गाउँलेका अनुसार कार्की परिवारको ना’तेदार समेत रहेका आरोपीले परिवारका सबैलाई सोमबार बिहान साढे ५ बजे मा’रेको समेत बताएका छन् ।

घ’टनामा परिवारका सदस्य तेजबहादुर कार्की उनकी आमा पार्वता कार्की,श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की,नाति दीपक कार्की र नातिनी गोमा कार्कीको ह’त्या भएको हो ।शुरुको दिनदेखि नै निगरानीमा रहेकाले उनलाई हिजो साँझदेखि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।

तेजबहादुर कार्कीको परिवारका ह’त्या आरोपी लोकबहादुर कार्कीले पत्रकर्ता संग को एक अन्तर्वार्तामा आफुले शुरुमा मृ’तक कार्कीलाइ मृ’त अबस्थामा देखेको र आफुले नै घरमा भेला भएका अन्य मानिसलाई बोलाएको बताएका छन् ।

तपाइले घटना बारे केहि थाहा पाउनु भएन भन्ने प्रश्नमा उनले भनेका थिए -हामी बेलुका सात बजे सुतेका थियौ म बिहान सात बजे उठेको थिए त्यस पछी म बढाउको घर जादा बाटोमा मृ’त अबस्थामा स’बहरु देखेको हो ।


Last Updated on: September 11th, 2021 at 6:22 pm
१६२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया