सोमबार २० मंसिर २०७८

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा बाघले मान्छे खा एको छ। गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खा एको हो।

आइतबार बेलुकीदेखि हराईरहेका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खा एको अवस्था श व भेटिएको स्थानीय चन्दा लामाले जानकारी दिइन्।

केही समयदेखि होटलमा मजदुरी गर्दै आएका मृ तकको ठेगाना भने खुल्न सकेको छैन। मधेशी समुदायका ती ब्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गरेका थिए।

‘होटलमा काम सकेपछि बेलुकीपख भैया सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्थ्ये, हावा खाएर फर्किन्थ्ये, त्यही बेलामा बाघले झ म्टेर लगेछ,’ लामाले भनिन्।

मृ तकको शव पूर्वपश्चिम राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको उनले बताईन्। लामाका अनुसार बाघले मृ तकको आधा शरीर खाइसकेको छ। आइतबार दिनभर गाउँ नजिकै आएर बाघ कराएको र दुई दिनअघि मात्र गाउँमै पसेर बाघले दुई वटा बाख्रा र बाच्छो मा रिदिएको लामाले सुनाईन्।

‘पाटेबाघको दुई जोडी नै छ, गाउँ नजिक आएर अचेल कराउँछन्, दुई/तीन दिनदेखि प्रायः भेटिन्छन् । हामीले धेरै पटक बाघलाई देखिसकेका छौं।

फुटबल खेल्ने केटाहरुले पनि देखेका रहेछ,’ उनले भनिन्, ‘बाघले हाम्रो गाउँमा आ तंक मच्चाईरहेको छ, हामी धेरै नै त्र सित भएका छौं।’

घ टनास्थलमा अहिले जनप्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दा भेला भएका छन्। राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री पनि घ टनास्थलमा पुग्दैछन्। सांकेतिक तस्वीर


Last Updated on: September 13th, 2021 at 1:22 pm
४२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया