आइतबार १९ मंसिर २०७८

देशको अवस्था यस्तो छ 😢😢😢😢😢😢
कक्षा १० मा अध्यनरत खोटाङका १६ बर्सिय धन बहादुर मगर जस्को घरमा नेटवर्क राम्रो न आउने भएकाले अनलाइन क्लास लिनको लागि एक महिना देखि रुखमा बस्ने ठाउँ बनाएर अन्लाईन क्लास join गरिरहेका छन
😢😢😢😢😢😢 अझ दुखको कुरा त यति धेरै त्याग तपस्या गरेर लिएको शिक्षाले पनि एउटा प्रमाणपत्र भन्दा ठूलो उपलब्धि केही दिन सक्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी कहिल्यै नफुटाउने प्रतिज्ञा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली कांग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताए ।

अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गरे । उनले आगामी कात्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्दै नयाँ विधान अनुसार महाधिवेशन गर्न लागेको बताए ।

 

अध्यक्ष थापाले भने, “हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौँ । हाम्रो पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०७८, कात्तिक २७ गतेदेखि काठमाडौंमा हुँदैछ । पार्टीको र महाधिवेशन नयाँ विधानअनुसार गरिनेछ ।”

७५३ वटै गाउँपालिका र नगरपालिकाका अध्यक्षहरु महाधिवेशन प्रतिनिधि हुनेछन्, प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट कम्तिमा ९ जनाको दरले सक्रिय सदस्यहरु मध्येबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउनेछन् । उनले भने, “पहिलेको जस्तो जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमितिले खल्तीबाट झिकेर महाधिवेशनको प्रतिनिधि पठाउन सक्ने व्यवस्था अब छैन ।”


Last Updated on: September 13th, 2021 at 1:49 pm
२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया