आइतबार १९ मंसिर २०७८

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौँमा केहीबेरमा एमसीसीविरुद्ध विशाल जनसभा केहि बेरमा सुरु हुदैछ । अहिले काठमाडौँका बिभिन्न ठाउँबाट विशाल जुलुस सुरु भएको छ ।काठमाडौँका त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट जुलुस निस्किसकेका छन् । तीनवटा जुलुसलाई नेकपाका तीनजना सचिवालय सदस्य सुदर्शन, कञ्चन र विषमले नेतृत्व दिएका छन् । केहीबेरमै तीनवटै जुलुस सुन्धारामा केन्द्रित भएर पार्टी महासचिव विप्लवको नेतृत्वमा खुलामञ्चतर्फ सभाका लागि अघि बढ्ने बताइएको छ ।


Last Updated on: September 13th, 2021 at 6:20 pm
१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया