बिहिबार २३ मंसिर २०७८

धनगढी : महेन्द्रनगरबाट छुटेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सु.प.प्र ०२ ००१ ख ११५६ नम्बरको बसमा बैतडीको पाटन नगरपालिका ८ रौलेकमा माथिबाट ढुङगा खस्दा बझाङको थलराका १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ ओम शान्ती टोलका माधव भट्ट, जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का हरिप्रसाद जोशी र सोही ठाउँका नवराज खड्का घाइते भएका हुन्।
उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। कार्यालयका अनुसार माथिबाट खसेको ढुङगा बसभित्रै पसेको थियो।


Last Updated on: September 14th, 2021 at 10:00 am
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया