आइतबार १९ मंसिर २०७८

मानिसहरु विशेष कार्यक्रमको लागि फोटोसुट गर्ने गर्छन्। अहिले यो चलन संसारभरीका मानिसहरुले अपनाउदै आईरहेका छन्। विशेषगरी जन्मदिन र विवाहमा फोटोसुट गरिने गरिन्छ। यसैक्रममा एक नवविवाहित दम्पतीले आफ्नो वैवाहिक फोटोसुटका लागि भीरको टुप्पामा पोज दिएका छन् । साहसिक कुराहरु मन पराउने यो जोडिले संसारलाई नै अचम्मित पारेका छन्।

 

कोरोनाका कारण आफ्नो विवाह भव्य बनाउन नपाएपछि उनीहरुले यो साहसिक तरिका रोजेको बताएका छन्। अमेरिकाको अर्कन्सास राज्यको माउन्टेन होमका ३० वर्षका र्यान र २८ वर्षकी स्काइ मायर्सले आफनो विवाह कार्यक्रम भव्य बनाउन चाहेका थिए तर कोरोनाभाइरस प्रतिबन्धका कारण योजना बदल्नुपरेको थियो । उनिहरुले हक्सबिल क्राग हिलमा फोटोसुट गरेर विवाह मनाउने निर्णय गरे । यो भीर उनीहरुको गृहराज्यमा ह्वाइटेकर प्वाइन्ट ट्रेकिङ रुटमा पर्छ । फोटोसुटका क्रममा भीरको छेउमा श्रीमानको हात समाएर त्यसैको सहारामा उभिएकी स्काइले अचानक श्रीमानको हात छोडेको पल पनि क्यामेरामा कैद भएको छ । यद्यपि अर्को एउटा फोटोमा उनले सेफ्टी रोप लगाएको खुलासा हुन्छ ।

 

मेसन गार्डनरले खिचेको उक्त तस्बिर अहिले सामाजिक सन्जाल भरी भाइरल रहेको छ। यो जोडि लामोसमय देखि एकसाथ रहेको फोटोग्राफर गार्डनरले बताए। गएको जूनमा मात्र उनले अब आफू स्काइसँग बिहे गर्नको लागि अझै लामो समय प्रतिक्षा गर्न नसक्ने कुरा स्काइलाई बताएका थिए । उनीहरु भव्य बिहे चाहन्थे तर स्काइले नर्सिङको पढाइ सुरु गरेकोले उनीहरुसँग समय थिएन । त्यसमाथि कोरोनाभाइरस प्रतिबन्धका कारण उनीहरुले यो तरिका सोचेका थिए ।

 


Last Updated on: September 14th, 2021 at 11:04 am
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया