शुक्रबार ०५ आश्विन २०८०

काठमाडौं। अभिनेत्री श्वेता भट्टराईका श्रीमान मिलन सापकोटाको निधन भएको छ । उनको उपचारको क्रममा मंगलवार चावहिलस्थित एक हस्पि टलको हाई डिपेन्डेन्सी यूनिटमा नि धन भएको जानकारी प्राप्त छ।

सापकोटालाई को’रोना संक्रमण पुष्टि भएको थियो। अक्सिजनको लेभल अत्यन्त कम भएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनको मंगलवार दिउँसो ३ बजे निधन भएको हो

सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छन्। ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ फिल्ममा मुख्य भूमिकामा अभिनय गरेकी श्वेता बैबाहिक जीवनमा बाँधिएपछि भने सक्रिय अभिनय जीवनबाट टाढा भएकी थिइन् । फिल्मकर्मीहरुले सामाजिक सञ्जालको माध्यमबाट मिलनप्रति श्रद्धाञ्ज ली अर्पण गरेका छन्।

 


Last Updated on: May 12th, 2021 at 7:14 pm
३०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया