सोमबार २० मंसिर २०७८

दिनेश खड्का खप्तडि/ क्वालालम्पुर/ मलेसियामा एक नेपालीको शुक्रवार दिउसो मृ’त्यु भएको छ ।

दाङ जिल्ला राप्ती नगरपालिका घर भई मलेसियाको वातुपहातमा रहेको सगंलिन गार्मेट कम्पनीमा कार्यरत ३२ बर्षिय प्रमोद शर्माको मृ’त्यु भएको हो ।

मृ गौलामा स मस्या देखिएपछि शर्मा केहि दिन अगाडि मात्रै अस्पतालमा भर्ना भएर उपचार गराईरहेका थिए । उपचारकै क्रममा शर्माको मृ’त्यु भएको हो ।

शर्मा रोजगारीको लागि आठ वर्ष अगाडि मलेसिया आएका थिए । मृत’क शर्माको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन । ला’स लाई आवश्यक प्रकृया पुरयाएर नेपाल पठाउने तयारीै भैरहेको छ ।

रास्ट्र डेली बाट
मलेसिया सरकारले सञ्चालनमा ल्याएको यहाँ अवैधानिक हैसियतमा कार्यरत रहेको विदेशी कामदारहरुलाई स्वदेश फर्काउने कार्यक्रम अन्तर्गत अगस्ट
२० तारिखसम्म ९६ हजार ८ सय ९ जना विदेशीहरु स्वदेश फर्किसकेका छ्न।

मलेसियामा वैधानिक कागजात नभएका (अवैधानिक) हैसियतमा कार्यरत रहनु भएका नेपालीसंगै इन्डोनेशिया , ईन्डिया , पाकिस्तान , म्यानमार ,
भियतनाम लगायतको देशको विदेशी अवैधानिक कामदारहरुलाई ऊनीहरुको आफ्नै देश फर्काउनलाई सञ्चालनमा ल्याइएको कार्यक्रम ( रिक्यालिब्रेशन
पुलाङ्ग ) कार्यक्रमको सदुपयोग गरि अहिलेसम्म ९६ हजार भन्दा धेरै अवैधानिक विदेशी कामदारहरु स्वदेश फर्किसकेको मलेसियन आप्रवासन नियन्त्रण
बिभाग (जेआईएम) का उप – महानिर्देशक दातोक मखजान मुह्ममदिनले बताउनुभएको स्थानीय सञ्चार माध्यमले समाचारमा प्रकाशित गरेको छ।

स्वदेश फर्किने अवैधानिक विदेशी कामदारहरुले आफ्नो साथमा पासपोर्ट अथवा सम्बन्धित देशको दूतावासले जारी गरेको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट
, हवाई टिकट , ७२ घण्टे भित्रको कोरोना पिसिआर रिपोर्ट लगायतको कागजात लिएर मलेसियाको सेपाङमा अवस्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा
गैई जरिवाना बापतको आरएम ५०० रिंगेट तिरेर सिधै स्वदेश फर्किन पाउने ब्यवस्था गरिएको छ उहाँले बताउनुभयो।

त्यस्तै उहाँले थप बोल्दै भन्नूभयो कि ” स्वदेश , घरफिर्ती कार्यक्रमसंगै सरकारले अवैधानिक कामदारलाई वैधानिक बनाई पुनः काममा भर्ती गर्ने (लेबर
रिक्यालिब्रेशन रिहाईरिङ्) पुनः भिसा लगाउन मिल्ने कार्यक्रम अन्तर्गत अगस्ट २० तारिखसम्ममा १ लाख ७४ हजार भन्दा बढी अवैधानिक विदेशी काम
दारहरुले रोजगारदाता कम्पनीसंगको सहायतामा वैधानिक हुनलाई आवेदन दिइसकेको बताउनुभयो।

अहिले मलेसियामा नयाँ विदेशी कामदार भर्ना कार्यक्रम बन्द रहेकोले मलेसियामा जुन-जुन क्षेत्रमा रोजगारदाता , कम्पनीहरुलाई कामदारको कमि
भैइरहेको छ , उहाँहरुले यहीँ कार्यक्रमको सदुपयोग गरि , रिक्यालिब्रेशन रिहाईरिङ् गरि अवैधानिक कामदारहरुलाई वैधानिक बनाई काममा लगाउन
सक्नु हुनेछ र तत्काललाई कामदार अभावको पुर्ति गर्न सक्नुहुनेछ उप-महानिर्देशक मखजान मुह्ममदिनले बताउनुभयो।

डिसेम्बरसम्म सञ्चालनमा ल्याएको रिहाईरिङ् कार्यक्रम अन्तर्गत निर्माण क्षेत्र , वृक्षरोपण , कृषि , उत्पादन र सेवा क्षेत्र गरि पाँच वटा क्षेत्रमा अवैधानिक
कामदार भर्ना गर्न सकिने ब्यवस्था गरिएको बताउनुभयो।

रिहाईरिङ् कार्यक्रममा स्वच्छ वैधानिक कागजात नभएका बाहेक जटिल मुद्दा खेपिरहेका , केहि अनैतिक क्रियाकलापमा सङ्लग्न भैइ प्रहरीद्वारा प
क्राउ परेका अवैधानिक विदेशी कामदारहरुले भने यस् कार्यक्रममा सहभागी हुन नसकिने बताउनुभएको छ। साभार गरियको खबर

 


Last Updated on: September 14th, 2021 at 12:17 pm
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया