शुक्रबार १७ मंसिर २०७८

भोजपुरका ३८ वर्षीय जबर राई रोजगारीका लागि मलेसिया पुगेको १२ वर्ष भएको थियो। यही भदौ १२ गते उनको मृत्युको खबर आयो। उनका आफन्तका अनुसार भदौ ११ गते उनको सडक दुर्घटनामा परेर मृत्यु भएको हो। ‘दिउँसोतिर फोन आएको थियो।दुर्घ’टनामा परेर जबरको मृत्यु भयो भनेर बाबुका साथीहरूले सुनाएका थिए,’ लास बुझ्न शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी जबरकी भाउजु उत्तरकुमारी राईले सुनाइन्।

‘त्योभन्दा अगाडिसम्म कुराकानी भइरहेकै थियो। केही भएको थिएन। लेखेको त्यति रैछ,’ जबरका दाइ नयन राईले भावुक हुँदै भने।राधा ज्ञवाली आफ्ना श्रीमानको अस्तु अँगालोमा च्यापेर विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल अगाडि आँसु पुछ्दै हिँडिरहेकी थिइन्।रोजगारीका लागि मलेसिया पुगेका उनका श्रीमान गणेश ज्ञवालीको को’भिड–१९ संक्रम’णका कारण ज्यान गएको हो। उनी विगत आठ वर्षदेखि मलेसियामा कार्यरत थिए। ‘

छिट्टै फर्कन्छु भन्नुहुन्थ्यो। यस्तो भएर फर्कनु भयो,’ अस्तुको कार्टुन सुम्सुम्याउँदै उनले भनिन्। यतिकैमा उनको गला अवरूद्ध भयो। अर्कोतिर फर्किएर उनी रुन थालिन्


Last Updated on: September 14th, 2021 at 6:03 pm
१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया