मंगलबार १२ आश्विन २०७८

एएफसी महिला एशियन कप २०२२ को लागि छनौट चरणको खेल खेल्न नेपाली महिला राष्ट्रिय खेलाडी तथा स्टाफको टोलि सोमबार राति उज्वेकिस्तानतर्फ प्रस्थान गरेको छ ।

नेपाली महिला टोलि सोमबार राति काठमाण्डौंबाट टर्कीको ईस्तानबुल हुँदै उज्वेकिस्तान जाने तालिकासहित राति ११ बजे टर्किस एयरलाईन्सको विमानबाट प्रस्थान गरेको हो ।

 

तर यसपटक नेपाली महलिा टोलिका लागि एन्फाले गरेको बिदाई र उनीहरिुको पोशाकमा दिईएको ध्यान तारिफयोग्य नै मान्नुपर्छ । नेपाली फुटबलको सर्वाेच्च नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले सधै पुरुष टोलिको दाँजोमा महिला टोलि प्रति हेर्ने दृष्किोण र गर्ने ब्यवहारमा फराकिलो अन्तर रहँदै आएको थियो । तर विगतका केही वर्षमा एन्फाले महिला राष्ट्रिय टोलिका लगि आयोजना गरेको प्रशक्षिण अवधि,म्याच एक्स्पोजर र ब्यवस्थापकिय सहयोगमा पनि पुरुष टोलि सरह नै गरेको देखिन्छ ।

सोमबार एन्फाले महिलो राष्ट्रिय टोलिका लागि आयोजना गरेको बिदाई कार्यक्रममा पनि सबै महिला खेलाडी तथा स्टाफहरुलाई एक एक जोर सुट पहिराएर खेलाडीको हौसला बुलन्द बनाएको दृश्य देखियो ।

खेलाडी तथा स्टाफको मुहारमा पनि हौसला पर्याप्त मात्रामा देखिएको थियो । यी र यस्ता ब्यवस्थापकीय श्रृंगारले एउटा खेलाडीको मनोबलमा औधीं वृद्धि हुनेमा कुनै शंका नै छैन ।

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलि गत जेठमा एएफसी को यही स्तरको प्रतियोगिता खेल्न ईराक हुँदै कुवेत पुगेको थियो । सो भ्रमणमा नेपालले शुरुमा ईराक गएर ईराकसँग एउटा मैत्री खेल खेलेको थियो ।

नेपाल ईराक पुग्दा नेपाली पुरुष खेलाडीहरुको तस्विर सामाजिक सञ्जालभरि नै भाईरल भएको थियो । कारण थियो सुटमा सुसज्जित भएर कतार एयरवेजको ५ तारे स्तरको विमानबाट ओर्लिदा नेपाली खेलाडीहरु पनि कुनै विकसित मुलुकका ब्यवसायिक खेलाडीहरु झै देखिनु ।

नेपाली पुरुष टोलिलाई एन्फाले कोरोनाको व्यापक महामारी बढीरहेकोबिचमा पनि कतार एयरवेवसँगको सहकार्यमा चार्टर्ड विमानको ब्यवस्था मिलाउँदै सिधै ईराकसम्म पुर्याएको थियो ।

एन्फाको यो ब्यवस्थापकिय पक्षलाई फुटबल समर्थकहरुले निक्कै सरहाना गर्दे वाहवाही गरेका थिए । धेरैले एन्फाको यो कदमलाई नेपाली फुटबल विकास गर्न खेलाडीलाई प्रदान गर्ने अच्छा शुरुवात समेत भने । खेलाडीहरुको हौसला पनि निक्कै बुलन्द भएको पाइएको थियो । नेपाल कुवेतमा आयोजना भएको एशयिन कप तथा विश्वकप छनौट प्रतियोगिताबाट नतिजाको आधारमा एशियन कप छनौटको तेश्रो चरणमा समेत पुग्यो ।

एन्फाले त्यसपछि निरन्तर पुरुष टोलिलाई साफ च्याम्पियनसिप र एशियन कप छनौटको तेश्रो चरणका लागि बन्द प्रशक्षिणमा राख्दै सुविधासम्पन्न होटलमा बासस्थलको ब्यवस्था समेत प्रदान गर्दै आएको छ । पुरुष टोलिको तयारीमा महिलाको दाँजोमा केही मात्रा बढी ध्यान दिईएको भने अवश्य हो तर महिला टोलिलाई पूर्ण रुपमा बेवास्ता गरेको भन्न मिल्दैन ।

महिला टोलिलाई पनि एन्फाले आफ्नै छात्रावासमा राखेर एक महिना लामो बन्द प्रशिक्षण समेत गरायो । महिला टोलिले ग्यारी फिलिप्सको रुपमा पहिलोपटक विदेशी प्रशिक्षक समेत पायो र महिला खेलाडीहरुमा समेत नयाँ उमङ्ग पलाएको छ ।

यसबिचमा महिला टोलिले पहिलो पटक दशरथ रंगशालामा बंगलादेशको महिला राष्ट्रिय टोलिसँग दुईवटा मैत्री खेल खेल्दै श्रृंखला १–० ले आफ्नो पक्षमा पार्याे । यसै साताको आईतबार बंगलादेशसँग दोश्रो मैत्री खेल खेलेको नेपाली टोलि भोलिपल्टै अर्थात हिजो सोमबार राति एएफसी महिला एशियन कप छनौट चरण खेल्नका निम्ति उज्वेकिस्तानतर्फ गएको हो ।

नेपालबाट उज्वेकिस्तानको लागि सिधा हवाई उडान नभएकोले नेपाली टोलि टर्कीको ईस्तानबुल ट्रान्जिट हुँदै उज्वेकिस्तान पुग्ने बाध्यात्मक अवस्था छ । यस दौरान नेपालबाट ईस्तानबुलसम्मको हवाई उडान समय करिब ८ घण्टा छ भने त्यहाँबाट उज्वेकिस्तनसम्मको उडान अवधि ६ घण्टा रहेको छ ।

यसरी सरसर्ती लेखाजोखा गर्दा नेपाली टोलि बुधबार बिहान ५ बजे उज्वेकिस्तान पुग्नेछ । अर्थात भदौ ३० गते नेपाली महिला टोलि करिब २ दिनको थकान बटुल्दै उज्वेकिस्तानको भुमिमा टेक्नेछ ।

उज्वेकिस्तानमा हुने एएफसी महिला एशियन कपको लागि छनौट चरणको खेल असोज २ गतेबाट शुरु हुँदैछ । सोही दिन नेपालले समूह एफको छनौट खेलमा बलियो फिलिपिन्स्सँग खेल्नेछ ।

यसको अर्थ नेपालले प्रतियोगिताका लागि त्यहाँको मौसम र मैदानसँग अभ्यस्त हुने समय मुश्किलले एक दिन मात्र पाउनेछ ।

एन्फाले महिला टोलिको लागि पनि पुरुष सरह नै सुविधा दिने योजना रहेको बताउँदै आएकोमा यस पटक महिला टोलिको उज्वेकिस्तान भ्रमणमा भने दृश्य बेग्लै दुखलाग्दो देखा परेको छ ।

महिला राष्ट्रिय टोलिका सदस्यहरु काठमाण्डौंबाट ८ घण्टा लामो हवाई उडान भर्दै ईस्तानबुल पुगेपछि बिचमा १५ घण्टा लामो ट्रान्जिटमा बस्न बाध्य छन् । यति लामो उडान र थकानको भोगाई भोगेका नेपाली महिला खेलाडीहरु बिहान विमानस्थल पुग्न साथ त्यहीको भुईमा सुत्दै थकान मेटिरहेका छन् ।

मंगलबार बिहान करिब ७ बजे ईस्तानबुलको विमानस्थल पुगेको टोलि १५ घण्टा लामो ट्रान्जिट पछि मंगलबार अर्थात आज बेलुकी १०ः३० बजे उज्वेकिस्तानतर्फ जानेछ । यो यात्रा पनि करिब ६ घण्टा लामो हुनेछ ।

सिधा उडान नहुनुलाई मात्र कारण मान्दै नेपाली महिला फुटबल टोलीले भोगिरहेको यो दुर्भाग्यपूर्ण अवस्थालाई नजरअन्दाज गर्न भने कदापी हुँदैन । एन्फाले महिला टोलीका लागि पनि टर्कीस निकायसँग समन्वय गर्दै ट्रान्जिटको लामो समयमा खेलाडी तथा स्टाफका लागि आराम गर्ने ब्यवस्था मिलाउन अवश्य सक्थ्यो । तर, अवस्था हेर्दा एन्फाले यस विषयलाई गम्भिरताको साथमा योजना नबनाएको स्पष्ट देखिन्छ ।

एन्फाले यस्तो विषयमा ध्यान दिए खेलाडीहरुबाट नतिजाको अपेक्षा राख्नु स्वभाविक हुनेछ,होईन भने औपचारिकता निभाउन मात्र पुरुष टोलि र महिला टोलिलाई सम्मान ब्यवहारको दलिल दिनु हौवा मात्र रहेको स्पष्ट हुन्छ ।

 

 


Last Updated on: September 15th, 2021 at 9:43 am
२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया