बिहिबार २३ मंसिर २०७८

गुडिरहेको यात्रुवहाक बस माथिबाट ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा बझाङको थलारा गाउँपालिका ५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन् ।

अर्जुनको घट’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीनजना घाइते भएका छन् ।

जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ को झौलेक नजिक कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख ११५६ नं को बसमा सडकमाथिबाट खसेको ढुंगा लागेको हो ।

ढुंगा लागेर घाइते हुनेहरुमा बझाङकै जयपृथ्बी नगरपालिका ११ का ४० वर्षीय हरी प्रशाद जोशी सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी

उपमहानगरपालिका ४ का २८ वर्षीय माधव भट्ट रहेका छन् ।घाइतेहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । मृ’तकको शव घटनास्थलमै रहेको छ । फाइल तस्बिर


Last Updated on: September 15th, 2021 at 12:20 pm
३०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया