
सुवाश नेम्वाङलाई प्रधानमन्त्री बनाए माधव नेपाल पनि फर्कने, प्रचण्ड पनि सरकारमा आउने
May 12, 2021 12
29
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । विभाजनको संघारमै पुगेको नेकपा एमाले भित्र एउटा नयाँ प्रस्ताव आएको छ । पार्टी पनि एक हुने र वामगठबन्धनकै सरकार कायम राख्न प्रधानमन्त्रीमा नेकपा एमालेका सुवाश नेम्वाङलाई प्रस्ताव गरिएको छ । एमालेको संसदिय दलका उपनेता समेत रहेका नेम्वाङलाई माधव नेपाल समुहले पनि स्वीकार गर्ने र माओवादी केन्द्र पनि सरकारमा आउने वारे छलफल सुरु भएको बताइएको छ ।
जसपाका नेता डा बाबुराम भट्टराईले पनि नयाँ ब्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव ल्याएकै बेला एमालेमा शुवासको नाम आएको हो । एमालेभित्रको माधवकुमार नेपाल समूहले नै यस्तो प्रस्ताव ल्याएको बुझिएको छ । ओलीलाई हटाएर सुवास प्रधानमन्त्रीमा आए ओलीलाई हटाउन सफल भयौं भनेर माधव समुहले पनि जितको महशुष गर्ने र प्रचण्ड पनि सरकारमा सहभागी हुने उपयुक्त विकल्प भन्दै प्रस्ताव अघि सारिएको हो ।
एमालेको माधव समुहका एक नेताले दिएको जानकारी अनुसार यस्तो प्रस्तावमा छलफल भएको हो । नेता नेम्वाङ विनम्र स्वभावका भएकाले उनले सबैलाई मिलाएर लैजान सक्ने भन्दै नेपाल समुहले यस्तो प्रस्ताव अघि सारेको बताइएको छ । दोस्रो तहका नेताहरुबीच पार्टी एकता कायम राख्ने विषयमा कुराकानी भइरहेको पनि छ । माधव पक्षका योगेश भट्टराई, घनश्याम भुषाल र ओली पक्षका विष्णु पौडेल तथा नेम्वाङबीच पार्टी एकता जोगाउने विषयमा कुराकानी भइरहेको छ ।
एमालेमा ओली र नेपाल मिल्नै नसक्ने अवस्थामा पुगेका छन् । ओलीलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिन नेपाल समुह विपक्षी पार्टीसंग पनि सहकार्य गर्न तयार भएका छन् । उनीहरुले सामुहिक राजिनामा दिने सम्मका विषयमा छलफल जारी राखेका छन् ।