आइतबार १९ मंसिर २०७८

आम नेपालीको मन जितेका नायक प्रसान्त तामाङ्गलाइ मातृ सोक परेको छ।उनकी आमाको असमाहिक निधन भएको उनको फेसबुक पोष्टमा जानकारी दिएका हुन्।इन्डियन आइडल समेत बनेका प्रसान्तले चलचित्र परदेशिबाट सबैको मन जितेका थिए।उनले परदेशी दुइ पनि खेलेका छन।दशैंमा सार्बजनिक हुने तयारीमा रहेको परदेशी दुइमा पनि प्रसान्तको बिशेष भूमिका रहेको छ।

नेकपा प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले रामबहादुर थापा ‘बादल’ पेट पाल्नकै लागि ओली समूहमा लागेको टिप्पणी गरेका छन्। अन्तिमसम्म मझधारमा उभिएर फुटपछि ओलीतिर उभिएका थापाप्रति भुसालले यस्तो टिप्पणी गरेका हुन्।

‘एक महिनाअघि ओलीलाई सर्वसत्तावादी र साम्राज्यवादी अमेरिकाको गोटी बनेर एमसीसी थोपरेको भन्दै भाषण गर्ने बादलजी एक महिनापछि पापी पेट पाल्नका लागि सबै कुरा बिर्सेर उतै लाग्नुभो’ भुसालले भने।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रधानमन्त्री ओलीको सर्वसत्तावादी सोच र अहंकारका कारण प्रतिनिधिसभा विघटन गरिएको बताए। संविधानको कुनै पनि धारामा वहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको भन्दै उनले विघटनले संविधानमाथि प्रहार भएको टिप्पणी गरे।

‘अदालतले नै संविधानको बर्खिलाप फैसला ग¥यो भने यो संविधान कसले मान्छ ?’ उनले भने, ‘त्यसपछि संविधान, प्रधानमन्त्री, सर्वोच्च, न्यायाधीश, निर्वाचन आयोग कसैलाई मान्ने कुरा हुन्न। जनताले अर्को संविधान बनाउँछन्।’

कार्यकर्ता भेलामा नेता वामदेव क्षेत्रीले, ओली सामूहिक निर्णय नमान्ने, वैठकबाट भाग्ने र स्वेच्छाचारी ढंगले अघि बढेकाले पार्टीभित्र समस्या आएको बताए। नेताहरुले ओलीले देशलाई प्रतिगमनको भूमरिमा फसाएको भन्दै आलोचना गरेका हुन्।

 


Last Updated on: September 16th, 2021 at 8:46 am
३५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया