बुधबार २२ मंसिर २०७८

काठमाडौँ, ३० भदौ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताउनुभयो । उहाँले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ । उहाँले स्थानीय तहमा रहेको कोभिड–१९ को जोखिम आँकलन गरी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ पालना गरी मात्रा विद्यालय खोल्न भनिएको बताउनुभयो ।

काठमाडौँ– रातभरको बर्षाले पहिरो जाँदा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

सडक अबरुद्ध भएपछी सयौं यात्रुहरु अलपत्र परेका छन् । लगाातरको बर्षाकै कारण् पहिरो पन्छाउन कठिनाई भएको छ । यद्दपी एकतर्फ भएपनि बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।


Last Updated on: September 16th, 2021 at 9:50 am
४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया