सोमबार २० मंसिर २०७८

काठमाडौं : टि’कटक बनाउने क्रममा सेती नदीमा ख’सेर तनहुँमा एक किशोरी बेप’त्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेप’त्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा ‘टिकटक बनाउने क्रममा उनी ख’सेर बेप’त्ता भएकी हुन् ।

आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा ख’सेर बेप’त्ता भएपछि स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।


Last Updated on: September 16th, 2021 at 3:15 pm
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया