बुधबार २२ मंसिर २०७८

वुधवार दिउसो करीव १२ वजे तिर खाना खाईवरी डिउटिमा वसेका वैतडि जिल्लाको दोगडाकेदार गाउँपालिका वडा न ४ श्रीकेदार घर भई मलेसियामा कार्यरत ३३ वर्षिय गोपाल सिह विष्टको पोष्टमै मृ’त्यु भएको हो ।

तीन वर्ष अगाडि मात्रै प्रोफेशनल मेनपावरवाट विष्ट रोजगारीका लागि मलेसियाआएका थिए ।वन्दरवारु वाग्ङीमा मुख्य कार्यालय रहेको कावालान केशलामातान अनुग्रह सेक्युरिटि कम्पनी अन्तरर्गरत विष्ट वल्ड केलाङ लामा रोडमा रहेको एक स्थानमा कार्यरत थिए ।

कम्पनीलाई खवर गरेपछि प्रहरी र मलेसियाको स्वास्थ टिमले श’वलाई क्वालालम्पुर अस्पतालमा लगेको छ । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

स्वास्थकर्मिहरुको सवै समुहले पिपिई लगाएर मात्र श’वलाई उठाएका थिए ।कम्पनीमा कार्यरत नेपालीहरुले दिएको जानकारी अनुसार पहिले श’वको पिसिआर गरिने र त्यसपछि मात्रै पोसमार्टम गरिने जानकारी अस्पतालले गराएको उदृत गर्दै कम्पनीमा कार्यरत साथीहरुले जानकारी गराए ।

विष्टले करीव एक हप्ता अगाडि आफुलाई छातिमा समस्या देखिएको वताएका थिए । तर उनले कम्पनीलाई भने कुनै जानकारी गराएका थिएनन र कुनैपनी औषधि प्रयोग गरेका थिएनन ।विष्ट परिवारका माहिला छोरा हुन । विष्टका परिवारमा श्रीमती र पन्ध्र र छ वर्षका दुई छोरा छन ।

 


Last Updated on: September 16th, 2021 at 3:42 pm
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया