
चितवनबाट पोखरा आउँदै गरेको मालवाहक ट्रक दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको छ ।
PROMOTED CONTENT
Mgid
Mgid
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
फेरि बाहि’रियो यी जोडि’को यस्तो हर्क’त भि’डियो (हेरौं भिडियो) – Samachar P…
मंगलबार विहान भएको दुर्घटनामा बागलुङको गलकोट ८ चमुवा घर भएका चालक बर्ष ३७ को जय कँडेल र सहचालक बर्ष ३५ को मिन वहादुर कँडेलको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मृतक दाजुभाइ पर्छन् । उनीहरु चितवनमा डेरा गरी बस्थे । ना ३ ख ९९७३ नं. को ट्रक आँबुखैरेनी गाउँपालिका–४
ऐना पहरास्थित जलविद्युत केन्द्र नजिकै आपचौर घुम्तीबाट मर्स्याङदी नदीमा खसेको थियो । ट्रक भुस लोड गरेर पोखरातर्फ आउँदै थियो ।
घटनास्थलमा पुगेर प्रहरीले उद्धार गर्ने क्रममा दुवैको मृत्यु भईसकेको थियो । ट्रक पृथ्वीराजमार्गबाट करीव १०० मिटर तल नदीमा खसेको थियो ।
यो पनि पढ्नुहोस
दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र जिरीले आ फ्ना छुट्टै बिशेषता बोकेको छ ।
राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको जिरी अरनिको राजमा र्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ ।
तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ।
पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ ।
यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ ।
मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकर्षित तुल्याएका छन्। जिरी भन्ने बित्तिकै पर्यटक पनि उतिकै आउने गरेको पाईएको छ।
स्विट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा ‘जुरिक’ सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा ‘जुरिक’ नै हो ।
साथै मिनी स्विट्जरल्यान्डको उपमा पाएको जिरीको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ ।
यस्तै जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरको आफ्नै बिशेषता रहेको छ यो भन्दिर दर्शन गर्दा जे मागे तेहि पूरा हुने पनि बिश्वास गरिन्छ ।
हरेक नागपन्चमीमा उक्त मन्दिरमा मेला लाग्ने गर्छ । मेला हेर्नकै लागि जिरी नगरपालिका आसपासबाट थुप्रै भक्तजनहरु आउने गरेका छन्।
जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरमा रहेको कुण्डमा ठुला नागको आकृति देखिने पनि गरेको स्थानीयको भनाई छ ।
त्यस्ता आकृति देख्नको लागि भक्तजनमा पबित्रता हुनुपर्ने र जे माग्यो त्यहि पुरा हुने पनि बिश्वास रही आएको छ ।