सोमबार २० मंसिर २०७८

धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरमा चितवनमा निर्माण गरिरहेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका कामहरु ठप्प भएका छन्। १६ करोड ऋण लागेपछि काम बन्द गर्न आफूहरु बाध्य भएको फाउन्डेसनका प्रमुख सिताराम कट्टेल धुर्मुसले बताएका छन्।

२०७५ माघ १६ गतेबाट चितवनमा उक्त रंगाशाला निर्माणको काम सुरु भएको थियो। देश विदेशबाट पहिले धेरै मानिसले सहयोग गरेका थिए। त्यसबेला उत्साहित भएको आफूहरुले काम थालेको धुर्मुस बताउँछन्।

हाल संगशालाको ३५ प्रतिशत काम सकिएको छ र अहिलेसम्म ५४ करोड रूपैयाँ खर्च भएको उनको भनाइ छ। हाल १६ करोड ऋण भएकाले काम बन्द गर्नुपरेको उनको भनाइ छ। यसअघि फाउन्डेसनले सहयोग गर्छु भन्ने दाताहरुले बोलेको रकम निकासा नगरेको गुनासो गरेको थियो।

हाल देश विदेशबाट पनि उल्लेखनीय रुपमा सहयोग नजुट्ना निर्माण सामाग्रीहरू जुटाउन गाह्रो हुन थालेको धुर्मुसको भनाइ छ। उनका अनुसार जहाँबाट सामान आउनु पर्ने हो, त्यहाँ उधारो भएपछि सामान ल्याउन सकिएको छैन।

सरकारसँगै सम्पूर्ण खेलप्रेमीहरूको भरपुर सहयोग पाउने अपेक्षामा आफूहरुले रंगशाला निर्माणमा लागेता पनि कोरोना प्रकोपपछि सहयोग पर्याप्त हुन नसकेको र अझै खर्च चाहिने धुर्मुसको भनाइ छ।

उनका अनुसार ५४ करोड लगानी गर्दा ३५ प्रतिशत काम सकिएको छ। यो रंगशाला पूर्ण रुपमा तयार हुन २ अर्ब ५० करोडमा जति लाग्छ।

[][]


Last Updated on: September 16th, 2021 at 3:45 pm
१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया