शुक्रबार १७ मंसिर २०७८

नेपालमा जघन्य अपराध गरेपछि नामै फेरेर भारतमा बस्दै आएका फूलहसन अन्सारी पक्राउ परेका छन् । नेपाली नाम फूलहसन भएका अन्सारी अंकित पटेलको रुपमा भारतमा चिनिन्थे ।

भारतको मोजफ्फरपुरमा बस्दै आएका अंकितले दशैंको भिडभाडमा अर्को अपराध गर्ने सूचना पाएपछि प्रहरीले कडा निगरानी पश्चात सोमबार बिहान ४ बजे पर्साबाटै पक्राउ गर्न सफल भएको जनाएको छ । अंसारी पर्साको साविक रामगढवा गाविस ८ हालको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का बासिन्दा हुन् । विष्फोटक पदार्थ, खरखजाना र संगठित अपराध गरेको कसुरको मुद्दा उनी माथि आकर्षित रहेको पर्साका प्रहरी उपरिक्षक वेल बहादुर पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अंकित पटेलको नाममा भारतमा आधार कार्ड बनाएर बसेका अन्सारीले रक्सौलमा आएर वीरगन्जका उद्योगी व्यवसायी धम्क्याएर असुली गर्न छोडेका गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।

अन्सारीकै समुहले २०७६ साल साउन २४ गते वीरगन्जको विर्ता बजार र सोही दिन सवा ८ बजे वीरगन्जको घण्टाघर नजिक तरकारी बजारमा बम पड्काई जनमानसमा भयत्रास फैलाएको थियो । वीरगन्जका उद्योगी व्यापारीलाई फोन मार्फत धम्की दिई फिरौति लिने गरेको प्रहरीले जनाएको छ । नेपालमा बस्दा उनले आफुलाई विवेक सिंह उपनामले चिनाउदै आएका थिए ।

२०६५ साल पुस ७ गते वीरगन्ज १३ का राजेश क्याललाई गोली हानी हत्या गरेको अभियोगमा ०७५ पुस १६ गते अंसारी पक्राउ परेका थिए । सो मुद्दामा अंसारीलाई नेपालको तीन तहका अदालतले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतको फैसला बमोजिम ८ बर्ष साढे ८ महिना जेल जीवन विताई ०७४ असोज ८ गते बडादशैंको अवसरमा बाँकी रहेको ५६ प्रतिशत कैद मिनाहापछि उनी कारगारबाट मुक्त भएका थिए ।
त्यसपछि पनि अपराधिक कार्यमा संलग्न उनी पटके अपराधी भएको पर्सा प्रहरीले जनाएको छ । मोबाइल सिम परिवर्तन गरिगरी वीरगन्ज नजिक सीमा पारी रक्सौलमा आएर वीरगन्जका उद्योग व्यापारीलाई फोन धम्की दिदै नजराना असुल्दै आएको अनुसन्धानले पुष्टि गरेको पर्सा प्रहरीको भनाइ छ ।

 


Last Updated on: September 16th, 2021 at 5:22 pm
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया