सोमबार २० मंसिर २०७८

अमेरिकाको सेन्ट्रल कमान्डले गरेको अनुमानअनुसार, अमेरिकी सेनाले अफगानिस्तानबाट हतारहतार निस्कने क्रममा कम्तीमा १७० वटा हतियार छोडेको छ ।
यत्तिका हतियार छोडेर हिँड्दा विपक्षी रिपब्लिकन सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले अफगानिस्तानमा छोडिएका हतियारको पूर्ण विवरण दिन भनेका छन्

यसैबीच पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा छोडिएका सैन्य उपकरणलाई चीन र रुसले रिभर्स इन्जिनीयर गर्न सक्ने बताए ।

फुल मेजर कार्यक्रमकी शेरील एटकिनसनसँग कुरा गर्दै ट्रम्पले भने, ‘चीन र रुससँग हाम्रा अपाचे हेलिकप्टरहरू पुगिसकेको हुनुपर्छ र उनीहरूले त्यो कसरी बनेको होला भन्ने थाहा पाउन खोलखाल पनि गरिसकेको हुनुपर्छ । उनीहरू त्यसमा पोख्त छन् । यो खत्तम स्थिति हो ।

अमेरिकाले अफगानिस्तानमा हतियार छोडेको भए पनि सेन्ट्रल कमान्डका प्रमुख जनरल केनेथ मककेन्जीका अनुसार, अधिकांशलाई काम नलाग्ने बनाएर छोडिएको छ


Last Updated on: September 16th, 2021 at 6:57 pm
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया