बुधबार २२ मंसिर २०७८

अन्तत सबिन श्रेष्ठ र अनु शाहले गरे विबाह, विबाह गरे लगत्तै हनिमुन जाने मुडमा भन्दै अनु शाहले सबिनको नाममा लगाएको सिन्दुर, पोते र चुरा देखाउँदै भनिन् अर्को वर्ष हाम्रै छोरा जन्मिएला की छोरी ? फेसबुक लाइभमा आएर तमासा देखाइन् अनुले, हेर्नुहोस् भिडियो

चर्चित कमेडियन मनोज गजुरेलकी पूर्व पत्निले यि पुरुषसँग गर्ने भइन् विबाह, भन्छिन् मलाई काम नलाग्ने भाँडो सम्झेका मनोजले भन्दा पहिले विबाह गरेर देखाउँछु, लाइभमा आएर मनोजलाई दिइन् यस्तो चुनौती, छोराको विबाह गर्ने उमेरमा किन विबाह गर्न लागेको भन्ने प्रश्नमा दिइन् यस्तो नसोचेको उत्तर, हेर्नुंहोस् भिडियो

चर्चित नायिका शिल्पा पोखरेल विबाहित भएको रहस्य खुल्यो, छविसँग विबाह गर्नु अघि नै शिल्पाले जन्माइसकेकी रहिछन् एक छोरी, अहिले शिल्पाकी छोरी यती ठूली भइसकेकी रहिछन्, सारा रहस्य बाहिरियो

मिनिरल वाटर, इस्टाको फोटो, जस्ता चर्चित गीतकी गायिका एलिना चौहान किन रुँदै हिँड्नु पर्यो ? रातदिन गीत गाउन हिँडेको भन्दै उनका प्रेमीले के गरे यस्तो ? यो दृश्य धोकेवाज बोलको गीतको भिडियो हो । हेर्नुहोस् भिडियो

अन्तत प्रियंकाले दिइन् छोरीलाई जन्म, केही बेर अघि अस्पताल भर्ना भएकी प्रियंकाले छोरी आयंकालाई जन्म दिएपछि परिवारमा छायो खुशीयाली, आयुष्मानले भने अहिले संसारकै सबैभन्दा बढी खुशी हुने मान्छे म नै होला, हेर्नुहोस् भिडियो

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालोको यात्रा तय गरेको नेप्से आज नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

शेयर कारोबार हुने साताको चौथो दिन आज नेप्से ३२.०४ बिन्दुले बढेर तीन हजार १९२.३५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ बिन्दुले बढेर ५९६.६६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड १४ लाख ३१ हजार ८५५ कित्ता शेयर रु १८ अर्ब ८१ करोड ३१ लाख ६४ हजार ९९५ मूल्य बराबरको कारोबार भयो ।

कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्य बढेको छ । होटल तथा पर्यटन ०.३५, लघुवित्त १.५१, सामूहिक लगानीकोष ०.२१ र लगानी ०.२१ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ १४.५, व्यापार २.३८, विकास बैंक २७२.४४, जलविद्युत् ५४.३९, वित्त १०३ं५२, निर्जीवन बीमा २७६.१९, अन्य २४.९२ र जीवन बीमा १११.९७ बिन्दुले बढेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ बराबर पुगेको छ । कारोबारका आधारमा आज नेशनल हाइड्रोपावरक कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७८ करोड ८७ लाख तीन हजार ५२० बराबरको

कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु ६३ करोड ४६ लाख ७१ हजार ९२४, लुम्बिनी विकास बैंक रु ५९ करोड ७६ लाख ९३ हजार ९७६, महालक्ष्मी विकास बैंक रु ५७ करोड ६९ लाख १९ हजार ३७६ र ज्योति विकास बैंक रु ५६ करोड १५ लाख ४४ हजार ८९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

छ कम्पनीको शेयरमा सर्किट : प्सेका अनुसार आजको कारोबारमा विभिन्न छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त, आँखु खोला जलविद्युत् कम्पनी र महालक्ष्मी विकास बैंक रहेका छन् ।

यसैगरी, एसबिएल डिवेञ्चर ५.८६, एनआइबिएल प्रगति फण्ड ४.६१, एनआइसी एशिया डिवेञ्चर ३.९६, आरएसडीसी लघुवित्त ३.३५ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३.१० प्रतिशतले गुमाए ।

 


Last Updated on: September 16th, 2021 at 7:15 pm
११६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया