आइतबार १९ मंसिर २०७८

ओखलढुंगा । ओखलढुङ्गामा प्रह’रीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रह’री कार्यालयले जिल्लामा कार्यरत सबै प्र’हरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।

जिल्ला प्रह’री कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रह’री कर्मचारीलाई सामाजिक सञ्जालको स. दुपयोग गर्न निर्देशन दिनुभएको छ । जिल्ला प्रह’री कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले प्रह’री कर्मचारी ड्यिूटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्र’हरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने बताउनुभयो ।

जिल्ला प्रह’री कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रह’री इकाइमा कार्यरत ४५ जना प्रह6री कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्र’योग सम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । “प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन ।

ड्यिूटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन स्वीकार्य हुँदैन”, उहाँले भन्नुभयो, “प्रहरी कर्मचारीले फेसबुक, ट्वीटर, टिकटकलगायत आफ्नो हितको लागि भन्दा पनि सामाजिक हित र सकारात्मक सन्देश दिने खालका पोष्ट गर्नुपर्नेबारे सचेत गराएका छौं ।


Last Updated on: September 17th, 2021 at 10:22 am
१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया