बिहिबार २३ मंसिर २०७८

पाठेघर क्यान्सरबाट पी डि त एक युवतीले सहयोग गर्न सर्वसाधरण तथा निकायलाई आग्रह गरेकी छन् । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का प्रसादसिंङ लिम्बूका ३१ वर्षीय छोरी सलिनाले उपचारका लागि आर्थिक सहयोग गर्न याचना गरेकी हुन् ।

केही समयअघि चेकजाँच गर्दा पाठेघरको क्यान्सर संक्रमण देखिएको थियो । हाल नेपाल क्यान्सर हस्पिटल हरिसिद्धी ललितपुरमा उपचार गराइरहेकी सलिनाको परिवार आर्थिक रुपमा बिपन्न रहेको र अहिलेसम्म उपचार गर्दा घरमा भएको सबै रकम सकिएको बताइएको छ ।

आर्थिक स्थती ज्यान कमजोर रहेको सलिनाको उपचारका लागि देश तथा बिदेशबाट सहयोग गर्न चाहने सर्वसाधरणले एनएमबी बैंकको खाता नम्बर ०७३००४७३८४००००११ मार्फत जम्मा गर्न सकिनेछ । त्यस्तै नेपाल बैंक लिमिटेडको खाता नम्बर १२६०१६०७०९८७९५०००००१ मार्फत जम्मा गर्न सकिने परिवारजनले जानकारी दिएको छ ।

 

यो पनि पढ्नु हाेस

तोलामा १४०० ले घट्यो सुनको मूल्य

असोज महिनाको पहिलो दिन आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैँयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८९ हजार १०० निर्धारण भएको छ भने तेजावी सुनको मूल्य तोलाको ८८ हजार ६५० कायम भएको छ ।

हिजो छापावाल सुनको मूल्य तोलाको ९० हजार ५०० निर्धारण भएको थियो भने तेजावी सुनको मूल्य ९० हजार कायम भएको थियो ।

विगत केही दिनदेखि स्थिर रहेको चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदीको मूल्य तोलाको १ हजार १७० कायम भएको महासंघले जनाएको छ ।

 


Last Updated on: September 17th, 2021 at 1:57 pm
१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया