मंगलबार २३ जेठ २०८०

गएको विवाह पञ्चमीमा दुबै जनाले राम सीताजस्तै धुमधामका साथ विवाह गर्ने बाचा गरेका थिए । ठुला ठुला सपनाहरु देखेका थिए जुनी जुनीसँगै बिताउने भनेर । लाख बत्ति बालेर कसम पनि खाएका थिए ।

PROMOTED CONTENT
Mgid
Mgid

Success Can Sometimes Be Too Much To Handle
Limelight Media

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

गर्भवती नर्सले बच्चा जन्माएर संसार देखाइदिइन् र अन्तिम पटक रुँ’दै श्रीमान …
प्रेमको गहिराईमा चुरलुम्मै डुबेका दुबैजनालाई न जातपातको मतलब थियो न घरपरिवार र समाजकै। प्रेम संसारमा रमाइरहेका दुबैजना अनेकन सपना बुनिरहेका थिए। तर यो खुसीको धेरै टिकेन।

एक अर्का सँग नजिक हुदा हुदै कतिबेला थाहा नै नपाएर एक्कासी गर्भवती भएको तीन महिनापछि मैले थाहा पाएँ। सुरुमा उ पोजेटिभ नै थियो तर पछि फोन गर्दा तिमी को हो म तिमीलाई चिन्दिन भनेपछि मेरो सातो उड्यो महोत्तरीको जलेश्वरकी २० वर्षीय युवती मिना परिवर्तित नामले भनिन्।

डाक्टरले साउन दोस्रो साता डेलिभरी हुने भनेका छन्। सुत्केरी हुने समय नजिकिँदै गर्दा सबै आफन्तबाट एक्लिएकी उनी साथीको घरमा चिन्तित अवस्थामा छिन्। साथ दिने कोही छैन जताततै तिरस्कार छ। न समाजले साथ दिएको छ न त परिवार आफन्तजन ले नै ।

मन बाँधेर अगाडि बढ्ने कोसिसमा छु उनी भन्छिन् तर मान्छेको मन हो दुखिरहँदो रहेछ। अति माया गर्ने आमाबुबा समेत टाढिएका छन्। उनी घर जानै सक्दिनन्। मन बाँधेर अगाडि बढ्ने कोसिसमा छु उनी भन्छिन् तर मान्छेको मन हो, दुखिरहँदो रहेछ। गएको मंसिरमा गर्भवती भएकी उनी घर परिवार, आफन्त समाज चारैतिरबाट गर्भ फाल्न दबाब दिएपछि उनी आ त्मह त्या गर्न विष समेत किनिसकेको थिइन्।

स्कुलका एकजना साथीले उनलाई सहयोग गर्न र आश्रय दिन तयार भएपछि उनी त्यो कदमबाट पछि हटिन्। सुरुमा व्यवहारिक रुपमै सम स्या समाधान गरी शिवराज९पूर्व प्रेमी० र उनका परिवारलाई जसरी पनि मनाउन हरसम्भव प्रयास गरिन् तर नसकेपछि कानुनी बाटो रोजेको उनले सुनाइन्। युवतीका अनुसार सुरुमा शिवराज र उनका आमाबुवाले गर्भ फा ल्न निकै करबल गरेका थिए। तर मैले मान्दै मानिनँ।

म पहिलो बच्चालाई कुनै हालतमा जन्माएर हुर्काउन चाहन्छु। म आफ्नै बच्चालाई मा र्न सक्दिन उनले भनिन्। साथीको घरमा गुजारा गरिरहेकी उनको मनभित्र पी डाको ज्वारभाटा चलिरहेको छ।

९ महिनाकी गर्भवती उनी न्यायकालागि दिनहुँ प्रहरी प्रशासन र वकिल कार्यालय धाइरहेकी छन्। सिडियोको ड्राइभर र प्रहरी शिवराजको मामा पर्छन्। त्यसै कारण सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न मानिरहेको थिएन् उनले भनिन् धेरै दबाब दिँदा फागुनमा बिहे गरेर लान्छ भनेर प्रहरीले भनेको थियो। तर पछि उनको आमाले छोरालाई भगाइदिए।

राजनीतिक दबावमा लामो समयसम्म प्रहरीले जाहेरी दर्ता इन्कार गरेको उनको आरोप छ। एक जना नेकपा नेतृकै दबाबका कारण सेफ हाउसमा समेत गर्भ तुहाउन निकै दबाव खेप्नु परेको उनले सुनाइन्। शिवराजले म्यासेज गरेर जाहेरी फिर्ता लिन मलाई द बाब दियो। उ अझै खुलेयाम घुमिरहेको छ। तर प्रहरीले तिनै नेताको दबा बमा उनलाई प क्राउ गर्न मानेको छैन् उनले थपिन्।

धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले शिवराजविरुद्ध जबर्जस्ती कर णीको मु द्दा दर्ता गरेपछि उनी फरार भएको बताए। उनी फरा र छन्। प्रहरी खोज तलासमा जुटेको छ। हामीले उसको आमामाथि समेत अभ द्र व्यव हारमा मु द्दा चलाएका छौँ उनले भने। नेताहरुले घटना दबाउन कुनै दबाब नदिएको उनले दावी गरे।
यसरी पलायो माया पिरिम ब्याचलर इन होटेल म्यानेजमेन्ट गर्ने सपना बोकेकी उनी काठमाडौँस्थित नासा इन्टरनेशनल कलेजमा भर्ना गराइन्।

आर्थिक रुपमा सम्पन्न भएकाले आमा–बुवाले उनलाई एसईई पास गरिसकेपछि अगाडिको पढाइका लागि काठमाडौँ पठाएका थिए। ११ कक्षा उनले चाहे अनुसारको धेरै राम्ररी पढ्न सकिनन्। राम्रो कलेजमा बिएचएम गर्न उनलाई राम्रो अंक ल्याउनुपर्ने थियो।

त्यहाँ परीक्षामा कडाई हुने हुँदा राम्रो अंक ल्याउन उनी जनकपुरस्थित राजर्षि जनक क्याम्पसमा भर्ना भइन्। काठमाडौँमा सँगै कोठामा बस्ने साथीमार्फत त्यहीँ कलेजमा १२ कक्षामै पढ्ने युवतीसँग उनको मित्रता भयो। उनको ती साथी पढाइका साथै पार्टटाइम अफिसमा काम समेत गर्थिन्।

दिनभरी कोठामा बस्दा दिक्क लागेपछि कहिलेकाहीँ उनी साथीसँगै उनको अफिस पुग्थिन्।
त्यहीँ क्रममा अफिसमै काम गर्ने धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका शिवराजसँग उनको पहिलो भेट भयो। त्यहीँ दुबैजनाबीच समान्य कुराकानी हुँदाहुँदै फेसबुकमा साथी बने फेसबुकमा च्याट गर्दागर्दै दुवैले एक अर्कालाई भेट्न इच्छुक भए। गर्भ तुहाउने कि राख्ने बारेमा उसले मलाई सोधेपछि मैले कुनै हालतमा राख्छु भने तर उसले घर पुगेर भन्छु भनेर फर्किए। पछि फोनमा कुनै हालतमा गर्भ नराख्न दबा ब दियो।

दुबैजनाको एकअर्काको नजिक हुन थाले। मित्रता झनै प्रगाढ हुन थालेपछि उनी शिवराजको घरमै पुग्न थालिन्। दुबैजनाबीच भेटघाट बाक्लिदै गएपछि शिवराजले उनलाई परिचय गराउन आफ्नो घर पनि लगे। उनको बहिनी र आमासित उनी झनै नजिकिइन्।

त्यसैक्रममा पछिल्लो वर्षको मंसिरमा विवाहपञ्चीमा दुबैजनाको भेटघाट भयो। उनीहरू प्रेममा परेको कुरा पनि पहिलो भेटमै पक्का भयो। विवाह गर्ने जुनीभरि एक भएर बस्ने वाचा–कसम खाए। हाम्रो प्रेमको विषयमा उनको घरपरिवारलाई पनि राम्ररी थाहा थियो। काठमाडौँबाट फर्किएपछि २५ दिन शिवराजकै घरमा बसे।

मैले सबै अडियो रेकर्ड प्रहरीलाई सुनाएछु तर प्रहरीले केही गरेको छैन् उनले थपिन्। अहिले उनी विभिन्न संघ संस्थामा निवेदन दिएर न्यायको पर्खाइमा छिन्। यी संघ संस्थाका पनि कतिपय व्यक्तिले गर्भ फाल्न दबाब पनि दिएको उनी बताउँछिन्।

अहिले प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले न्याय दिलाउने विश्वास दिलाएको उनी बताउँछिन्।

उनी भन्छिन् म त खाली आशा गरेर बस्न बाध्य छु हेरौं के हुन्छ। रोहित महतोको लेख हामीले नागरिक न्युजबाट लिएका हौं ।


Last Updated on: May 13th, 2021 at 1:32 am
५९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया