आइतबार १९ मंसिर २०७८

खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट उनीहरुलाई मङ्गलबार साँझ कैडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले आज जारी गरेको सूचनामा उल्लेख छ ।

उनीहरुको साथबाट एक बुक ताससमेत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा ४१ वर्षीय घर धनी श्रेष्ठ खैरहनी नगरपालिका-६ का ४४ वर्षीय नवीन श्रेष्ठ, खैरहनी ८ का ४१ वर्षीय विष्णु सुनार, राप्ती नगरपालिका-६ का ३९ वर्षीय सुदिप गिरी, वर्ष २८ का दिपेश बर्तौला, राप्ती ३ का ३६ वर्षीय चुडामणि थपलिया, राप्ती ४ का ६८ वर्षीय केशवप्रसाद तिमिल्सिना र वडा नं ५ का ३५ वर्षीय सुदन धरेल रहेका छन् ।

उनीहरुलाई मुलुकी आपराध संहिता २०७४ को परिच्छेद ५ सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकता विरुद्धको कसूर अन्तर्गत दफा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने ऐन अनुसार कारवाही हुने उनले जानकारी दिए । उनीहरुलाई तीन महिना कैद वा रु ३० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।


Last Updated on: September 17th, 2021 at 4:33 pm
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया