शनिबार १८ मंसिर २०७८

पूर्वी चितवनको राप्तीमा एक पुरुषको ह,x त्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको ह,x त्या भएको हो ।
कान्छाको ह,x त्यामा संगल्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर ह,x त्या गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा वि,वा,द हुँदा दशरथले आ,क्र,म,ण गरेको प्रहरीको भनाइ छ ।
घटनास्थलबाट श,वसँगै ह,x त्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडपसमेत भएको थियो । स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आ,क्र,म,ण गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।
भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो । झडपमा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएका छन्। उनीहरूको उपचार भैरहेको छ दुई जना स्थानीय व्यक्ति घाइते भएका छन् ।
मृ,तकको श,वलाई भरतपुर अस्पताल राखिएको छ ।

 

सुनसरीको कोशी गाउँपालिकामा नेपाली काग्रेंस र जनता समाजवादी पार्टीसहित विभिन्न पार्टी त्यागेर पाँच सय भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश परेका छन ।

लामो समयदेखि राजनीतिक आन्दोलनमा आवद्ध रहनुभएका नेपाली काग्रेंसका स्थानीय नेता जितेन्द्र (जितु) खेरवारसहित पाँच सय बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

एमाले नेता जगदीश कुसियैतले नवप्रवेसीलाई पार्टीमा स्वागत गर्नुभयो । उहाँहरु कुसियतकै पहलमा एमालेमा प्रवेश गर्नुएको हो । कोशीमा ८ वटै वडाका विभिन्न तहका विभिन्न पार्टी परित्याग गरी एकसाथ ५ सय ५१ जना नेता, कार्यकर्ता, युवा र महिलाहरु एमालेमा प्रवेश गरेका हुन ।

नवप्रवेशीहरुलाई कुसियतर सुनसरी एमाले अध्यक्ष रेवतीरमण भण्डारीले टिका, माला तथा खादाँ लगाएर स्वागत गर्नुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तैयव हुसेनसहित एमाले सुनसरीका सचिव पर्शुराम यादव, रमेश श्रेष्ठ, निलम खनाल, सरोज पोख्रेल, खेमराज पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पूर्वप्रदेश मन्त्री कुसियैतले नवप्रवेशीहरूलाई एमालेले उचित स्थान दिने बताउनु भयो । त्यसैगरी कुसियैतले आफू मन्त्री भएपछि कोशीको मूल राजमार्गदेखि सिमासम्मको बाटोमा कालो पत्रे योजना, हरिपुरमा कालोपत्रे, चिल्ड्रेन पार्क, दर्जनौ मन्दीर निर्माण, पर्यटकीय क्षेत्र विस्तार लगायतको काम गरेकाले नागरिकको एमाले प्रतिको क्रेज बढेको बताउनु भयो । कुसियैतले जनताको भरोसाको पार्टी एमाले भएको समेत बताउनु भयो । उहाँले विकासको निमित्त फेरी एमालेको सरकार चाहिने तथ्य पनि राख्नुभयो ।

कोशी गाउपलिकाबाट जितेर स्व। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, उपेन्द्र यादव परराष्ट्र मन्त्री भए पनि कोशी गाउपलिकामा केही पनि बिकास नगरेको आरोप छ । कार्यक्रममा नवप्रवेसीहरुले एमालेबाहेक अरुले देशको हितमा काम गर्न नसक्ने तथ्य बुझेकोले एमाले रोजेको बताउनु भएको छ ।

 

 


Last Updated on: September 18th, 2021 at 9:53 am
९० पटक हेरिएको

तपाईको प्रतिक्रिया