शुक्रबार १९ जेठ २०८०

काठमाडौ । स्यांजाकी गीता तिवारीको विवाह २०७१ सालमा धुमधामसंग भएको थियो । उनका श्रीमान वाजा वजाएरै उनलाई बेहुली बनाउन आएका थिए । विवाह गरेर दिपकराज तिवारीले गीतालाई ल्याएका थिए । विवाह गरे पछि उनी विदेश गएका थिए ।

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

गर्भवती नर्सले बच्चा जन्माएर संसार देखाइदिइन् र अन्तिम पटक रुँ’दै श्रीमान …
विदेशमा पनि उनको श्रीमानको ब्यवहार राम्रो थिएन । अरुसंगै बस्ने गर्न थालेको उनले थाहा पाएकी थिइन् ।

तर एक वर्ष पछि उनी विदेश छोडेर घर आए । उनी घर आएपछि छोरा दिप्सन तिवारी जन्मिए । छोरा अहिले ५ वर्षको हुँदैछन् । घरमा आएपछि पनि छोराको बुवा भएर पनि उनको ब्यवहार सुध्रिएन ।

गाउँका युवतीलाई वहिनी समेत भन्थेनन् । त्यस्तो थाहा पाएर पनि उनले श्रीमानको इज्जत भनेको आफ्नो नै हो भनेर चुप लागेर बसिन् ।

केही भन्न सकिनन् । जुन युवतीसंग आफ्नो श्रीमान नजिक भएका थिए । ति युवती पुर्वकी थिइन् । उनले आफु दिपकको श्रीमती भएको र आफुहरुको एक सन्तान पनि भएकाले दिपकको पछि नलाग्नु भनेर फोनमा सम्झाएको बताइन् ।

उनी फेरी भारत गए । कमाउनका लागि भारत गएका उनका श्रीमान सरु तिवारी भन्ने नाम गरेकी युवतीसंग नजिकीएको थाहा पाए । उनले यो सरु तिवारी भन्ने को हो ? भनेर प्रश्न गर्दा मेरो बहिनी हो भनेर जवाफ दिए । तर उनलाई त्यो विश्वास लागेन । उनले अब म घर आउँछु भनेका थिए तर घर आउँछु भनेको १५ दिन अघि नै उनले श्रीमती गीतालाई फेसवुकमा ब्लक गरेका छन् ।

अहिले आफ्ना श्रीमान विवाहित महिला लिएर बैंग्लोरमा गएर बसेको आफुले थाहा पाएको बताएकी छन् ।

महिलाका पनि तीन सन्तान रहेको र उनीहरु सबैलाई लिएर श्रीमान हिडेको आफुले थाहा पाएको बताइन् । घरमा वृद्ध सासु र माइतमा पनि बृद्ध आमाबुवा भएको उनको भनाई छ । दुई दाजुको एक्लै बहिनी आफु भएकाले कहिल्यै माइतमा पनि दुख नगरेको उनको भनाई छ ।


Last Updated on: May 13th, 2021 at 2:35 am
४७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया