बिहिबार २३ मंसिर २०७८

ए डिभिजन राष्ट्रिय फुटसल लिग आजदेखि पोखरामा सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीको आयोजनामा पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने लिगमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काइ गोल काठमाडौंबीच प्रतिस्पर्धा हुनेछन । खेल दिउँसो दुई बजे सुरु हुनेछ ।
आजै स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच पनि खेल हुनेछ । यस खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ ।
२१ दिनसम्म सञ्चालन हुने लिगमा राउण्ड रोबिनका आधारमा खेलाइनेछ र कुल ४९ खेल हुनेछ ।
फुटसल लिगको विजेताले १० लाख पाउनेछ । उपविजेताले ५ लाख पाउनेछ ।

 

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेको हरेक कमिटीबाट विद्रोह हुने बताएकी छन् । बुटबलमा आयोजित लुम्बनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै झाँक्रीले कतिपयले आफूलाई चुनौतीरहित ठानेको बताइन् ।लुम्बिनी प्रदेशका निकै कम जनप्रतिनिधिले मात्र नयाँ पार्टी रोजेकोतर्फ संकेत गर्दै उनले भनिन्, ‘अरुले नै बनाएको दरबारमा शयन गर्नेहरुले कठिन यात्रा तय गर्न सकेनन्, आफ्नै श्रममा निर्णय गर्न मञ्जुर हुनेहरुले मात्र यो यात्रा तय गरे ।’

लुम्बिनी कम्युनिस्ट आन्दोलनको उर्वर भूमि भएको भन्दै उनले पार्टी बन्ने प्रशस्त सम्भावना रहेको बताइन् । एकीकृत समाजवादीकी नेतृ झाँक्रीले भनिन्, ‘नवजवान साथीहरुले सुनौलीतिर गएर नेता खोजेर ल्याएर कार्यकर्ता बन्ने होइन । आफ्नो समुदायको आफ्नो समाजको आफैं अगुवा बन्नुपर्छ ।’‘दक्षिणपन्थी विर्सजनवादमा भासिएको नेतृत्वविरुद्ध अब प्रत्येक कमिटी र वडा तहबाट विद्रोह शुरु हुन्छ । साविकको खड्ग ओलीको एमालेको क्षतिकरण एकीकृत समाजवादीको बढोत्तरी हो ।’एकीकृत समाजवादीलाई युवाहरुको पार्टी बनाउने र केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा ४० प्रशिशत राख्ने उनले बताइन् ।


Last Updated on: September 18th, 2021 at 11:22 am
६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया