सोमबार २० मंसिर २०७८

महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई प,क्रा,उ गरेको छ ।

प,क्रा,उ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा प,क्रा,उ परेका उनीहरुको साथबाट रु.१००० हजारका २२ थान, रु.५०० का तीन थान, रु.१०० का २७ थान, रु.५० का छ थान, रु.२० का आठ थान, रु.१० का ११ थान, रु.५ का छ थान र भारु १०० का तीन थान नोट बरामद गरेको थियो । उनीहरुको साथबाट २७ हजार २८० बराबरको ८६ थान नक्कली नोट बरामद गरिएको हो ।

प,क्रा,उ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ ।

चाडपर्वको अवसरमा सर्वसाधारणलाई सहुलियत दरमा खाद्यान्न बिक्री गर्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सुपथ मूल्य पसलबाट मोटो चामल, जिरामसिनो चामल र गहुँ गरी खाद्यान्न मात्रै बिक्री हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयकी प्रमुख एन्जिला बस्नेतले केटिएम दैनिकलाई बताइन् ।

उनले चाडपर्वको अवसर पारेर सुपथ मूल्य पसलमा खाद्यान्नमा प्रति क्वीन्टल ५०० रुपैयाँ छुट गरिएको जानकारी दिइन् । यसैबीच, चाडपर्वको अवसरमा हरेक वर्ष सुपथ मूल्यको पसल सञ्चालन गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले पनि शनिबारदेखि सुपथमूल्यको पसल सञ्चालन गर्ने भएको छ ।

सुदूरपश्चिमको कैलालीमा मात्रै हाललाई सुपथ मूल्यको पसल रहने साल्ट ट्रेडिङ प्रदेश कार्यालय धनगढीका प्रमुख केशवप्रसाद पाण्डेयले बताए ।उनले धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल रहने जानकारी दिए ।

साल्ट ट्रेडिङ कर्पोरेशनले नुन प्रति केजी १८ रुपैयाँमा र एक व्यक्तिलाई ६ किलोमात्रै दिने जनाएको छ । यसैगरी, चिनी प्रतिकिलो ७९ रुपैयाँमा एक व्यक्तिलाई दुई किलोमात्रै बिक्री गर्ने जनाएको छ । सो कार्यालयले कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा, बझाङ र बाजुरामा सुपथ मूल्य पसल सञ्चालनमा आएको जनाएको छ ।

 


Last Updated on: September 18th, 2021 at 1:32 pm
८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया