आइतबार १९ मंसिर २०७८

झापामा भएका छुट्टाछुट्टै सवारी दु,र्घ,ट,ना,मा परी दुईजनाको मृ,x त्यु भएको छ । दुई जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति ८ बजे पूर्व-पश्चिम राजमार्गअन्तरगत मेचीनगर नगरपालिका १२ स्थित कालीझोडामा को २० प ४ नम्बरको मोटरसाइकले सोही दिशातर्फ जाँदै गरेको मे १ त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठ,क्क,र दिँदा दु,र्घ,ट,ना भएको थियो ।दु,र्घ,ट,ना,मा परी मोटरसाइकल चालक कनकाई नगरपालिका ६ दुर्गापुर निवासी ४३ वर्षीय दिलकुमार कार्की र पछाडि सवार मेचीनगर १३ निवासी ३० वर्षीय युवराज लिम्बु घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।उपचारको क्रममा लिम्बुको मृ,x त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । ट्याक्टर र ट्याक्टर चालक मेचीनगर २ निवासी २६ वर्षीय सुवास नेम्वाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बिहीबार राति १० बजे मेची राजमार्गअन्तरगत बुद्धशान्ति गाउँपालिका ३ स्थित ७ नम्बर चौकमा मे १० प ६०७ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-००१ ज ३५५५ नम्बरको पिकअप गाडी एक आपसमा ठ,क्क,र खाँदा दु,र्घ,ट,ना भएको थियो ।दु,र्घ,ट,ना,मा परी गम्भीर घाइते भएका स्कुटर चालक मेचीनगर नगरपालिका १३ निवासी ३२ वर्षीय परशुराम लिम्बुलाई बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउनासाथ मृ,x त्यु भएको प्रहरीले जनाएको छ ।सोही स्कुटरको पछाडि सवार मेचीनगर १३ निवासी ३० वर्षीया मनिषा लिम्बु घाइते भएकी छिन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पिकअप र चालक इलाम जिल्ला सूर्योदय नगरपालिका १० निवासी २७ वर्षीय विवेक प्रधानलाई नियन्त्रणमा लिएको छ ।


Last Updated on: September 18th, 2021 at 1:49 pm
५० पटक हेरिएको

तपाईको प्रतिक्रिया