सोमबार २० मंसिर २०७८

आईपीएल २०२१ को दोस्रो चरण आइतबारदेखि सुरु हुँदैछ। पहिलो खेल मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ। दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)को टिमले २० सेप्टेम्बरमा कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध खेल्नेछ।
बैंगलोरले पहिलो लेगमा उत्कृष्ट खेल देखाएको थियो। टिमले ब्याटिङ र बलिङमा धेरै राम्रो प्रदर्शन गरेको थियो। आरसीबीले सातमध्ये पाँच खेलमा जित हासिल गर्न सफल भएको थियो।

कप्तान विराट कोहली आफ्नो टिमको उत्कृष्ट गति दोस्रो चरणमा पनि जारी राख्न चाहन्छन्। आरसीबी यो सिजनको उपाधि जित्न पनि चाहन्छ। उस हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन।
आरसीबीले आईपीएलको दोस्रो चरणका लागि दुई श्रीलंकाका खेलाडी वनिन्दु हसरंगा र दुश्मन्था चामिरालाई अनुबन्ध गरेको छ। यसका साथै उसले सिंगापुरका टिम डेभिड पनि टिममा समावेश गरेको छ। एडम जाम्पा, केन रिचर्डसन र डेनियल साम्स आईपीएलका बाँकी म्याचमा उपलब्ध हुनेछैनन्।
क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !
यस कारण आरसीबीको प्लेइङ–११ यसपटक केही परिवर्तन देखिने निश्चित छ। संयुक्त अरब इमिरेट्स (यूएई) को परिस्थितिलाई ध्यानमा राखेर हसरंगाले प्लेइङ–११ मा मौका पाउने सम्भावना छ।

कप्तान विराट कोहली र देवदत्त पाडिकलले ओपनिङ गर्ने पक्का छ। दुबै खेलाडीले पहिलो चरणमा राम्रो ब्याटि गरेका थिए। तीन नम्बरमा रजत पाटीदार, चौथो नम्बरमा ग्लेन म्याक्सवेल र पाँचौं नम्बरमा एबी डिभिलियर्स खेल्न सक्छन्।
अलराउन्डरको रूपमा शाहबाज अहमद, वनिन्दु हसरंगा, हर्षल पटेल र काइल जेमिसनले मौका पाउने सम्भावना छ। युजभेन्द्र चहल र मोहम्मद सिराजले पनि अन्तिम ११ मा मौका पाउने पक्का छ।
केकेआरविरुद्ध खेल्ने आरसीबीको प्लेइङ– ११

विराट कोहली (कप्तान), देवदत्त पाडिकल, रजत पाटीदार, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स, शाहबाज अहमद, वनिन्दु हसरंगा, हर्षल पटेल, काइल जेमिसन, युजवेन्द्र चहल र मोहम्मद सिराज।

 


Last Updated on: September 18th, 2021 at 2:16 pm
७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया