सोमबार २० मंसिर २०७८

कमेडी च्याम्पियन २ मा फाइनलमा पुगेका भरतमणी पौडेलको चिया पसल पुग्दा उनका भाइबहिनीले भरत र उनीहरूको सम्बन्ध बारे कुरा गरेका छन् ।भरतका एक बहिनी कोपिला पौडेल र भाइ नुबेश पौडेल छन् ।आफ्नो दाजु भरत च्याम्पियनको उत्कृष्ट ३ मा परेको र उनको मेहनतले हाँगा हालेको देख्दा दुबै जना निकै खुशी छन् ।

दाजु यतिसम्म आइपुगेको र अब विजेता बनेको हेर्ने उनिहरुको इच्छा छ ।सानै देखि भरत निकै चंचल रहेको ,अरुको नक्कल गर्ने र गाउँमा प्रोग्राम हुँदा गीतहरू गाउने गरेका बहिनीले बताइन् ।सबैको दाजुबहिनी जस्तै भरतसंग झ गडा गर्ने,जिस्किने रहेको हुँदा दाजुसँग एकदमै राम्रो सम्बन्ध रहेको बताए ।

आज कमेडी च्याम्पियनको फाइनल हो र उनी अहिलेसम्म प्रतियोगितामा विजय हासिल गर्न भोट माग्न निकै बेस्त थिए ।तर आज प्रतीक्षाको घडी समाप्त हुँदैछ र उनी विजय हुन्छन् कि हुँदैनन् त्य हेर्न बाकी छ ।उनी आफ्नो जन्मथलो ताप्लेजुङमा पनि भोट माग्न गए र गाउँले भरतलाई निकै मजाको स्वागत गर्दै विजय हुने बताए ।

उनका काका काकी,गाउँका हजुरबुबा र साथीभाइहरुले भरतले नै कार ल्याउनेमा आफू विस्वस्त रहेको दावी गरे ।भरतले च्याम्पियनमा सबै भन्दा उत्कृष्ट प्रदर्सन गर्दै आएको र उनी बाहेक अरु विजय हुनै नसक्ने भन्दै भरतलाई निकै सम्मानका साथ शुभकामना दिए ।

भिडियो हेर्नुस् :-

 


Last Updated on: September 18th, 2021 at 5:08 pm
२५० पटक हेरिएको

तपाईको प्रतिक्रिया