शुक्रबार १७ मंसिर २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नयाँ कीर्तिमान बनाएका छन्। उनले वानडे क्रिकेटमा नेपालबाट सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका हुन्।
मल्लले आज आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध पाँच रन बनाएसँगै यो रेकर्ड आफ्नो नाममा लेखाएका हुन्। यससँगै उनले पूर्वकप्तान पारस खड्काको कीर्तिमान तोडेका छन्।
यसअघि नेपालबाट वानडेमा सर्वाधिक रन बनाउने कीर्तिमान पूर्वकप्तान पारस खड्काको नाममा रहेको थियो। पारसले १० म्याचमा एक शतक र एक अर्धशतकसहित ३ सय १५ रन बनाएका थिए। अब पारस दोस्रो नम्बरमा झरेका छन्।
नेपालबाट वानडेमा सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा रोहित छन्। उनले हालसम्म ९ म्याचको ८ पारी २ सय ९५ रन बनाएका छन्। जसमा ३ अर्धशतक समावेश छन्। अमेरिकाविरुद्ध रोहितले यदि २० रन बनाएमा पारसलाई पछि पार्नेछन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

रोहित नेपालका लागि वानडेमा लगातार दुई अर्धशतक बनाउने पहिलो खेलाडी हुन्। यसका साथै उनी वानडेमा सर्वाधिक अर्धशतक बनाउने ब्याट्सम्यानसमेत हुन्। उनको नाममा तीन वानडे अर्धशतक रहेको छ।

 

नेकपा एकीकृत समाजवादीकी चर्चित नेतृ राम कुमारी झाक्रीले एकाएक पार्टी छाडेको चर्चा चलेको छ । मीनभवनस्थित भीएस निकेतन स्कुल नजिकै खोलिएको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको उद्घाटनमै उपस्थित नभएपछि उनले पार्टी छाडेको गाईगुई चलेको हो ।मीनभवनस्थित भीएस निकेतन स्कुल नजिकै खोलिएको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर कार्यकर्तालाई सन्देश दिए( हामी यहाँ छौं ।

काठमाडौं । नेकपा .एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठनको आज यहाँ आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको हैसियतले निश्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्ने बताएका हुन् ।

उनले भने, “कुनै पार्टीका सदस्य भनेर सेवा प्रभाव गर्ने होइन । सेवाग्राहीलाई सेवा प्राप्त गर्ने अधिकार हुन्छ र कर्मचारीले निश्पक्ष रुपमा सेवा उपलब्ध गराउनुपर्छ, यो नै कर्मचारीको कर्तत्व हो । यसभन्दा तलमाथि गर्नुहुँदैन ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कर्मचारी नियम कानुनबाट निर्देशित हुनुपर्ने बताए । “कर्मचारीको काम देश र जनताका सेवा गर्ने हो । कानुनको परिधिमा रहेर सक्रियताका साथ गर्नुपर्दछ,” उनले भने, “कुन पार्टीको सरकार छ भन्ने होइन । सरकारलाई सहयोग गर्नुपर्दछ ।”

उनले मुलुकमा भ्रष्टाचार व्याप्त रहेकाले कर्मचारीले आफू पनि नगर्ने र अरूलाई पनि गर्न नदिने उल्लेख गर्दै कसैले घूस खुवाउन खोजे खान्न भन्ने हिम्मत कर्मचारीले गर्नुपर्ने बताए । उनले म भ्रष्टाचारी होइन भनेर कर्मचारीले भन्नुसक्नुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले वर्तमान सरकारले कर्मचारीलाई जथाभावी सरुवा गरेकाले त्यसो नगर्न आग्रह गर्दै लोकतन्त्रको लडाइँमा कर्मचारी अग्रभागमा रहेकाले लोकतन्त्रलाई जोगाउने दायित्व पनि कर्मचारीको रहेको बताए । उनले राजनीतिक क्षेत्रमा काला बादल मडारिएको बेला कर्मचारीले मुलुकलाई सही दिशामा लैजानुपर्ने धारणा राखे ।

एमालेका महासचिव ईश्वर पोखरेलले पहिले लोकतन्त्रको लडाइँ लडेको र अब लोकतन्त्र सुदृढीकरणका लागि लाग्नुपर्ने बेला आएको बताउँदै एमाले एकताको पक्षपोषण गर्ने चरित्र भएको पार्टी भएकाले विभाजन भएर जानेले चाँडै नै समाप्त हुने बताए । उनले निजामती कर्मचारीले जनताको सेवामा तत्पर हुनुपर्नेमा जोड दिए ।

एमालेका नेता रामबहादुर थापाले निजामती कर्मचारी स्थायी सरकार भएकाले कर्मचारीको परिभाषा बदल्नुपर्ने बताए । उनले कर्मचारीको अहिलेको कार्यभार राष्ट्रिय स्वाधीनको रक्षा र मुलुकलाई समृद्धि र विकासतर्फको डो¥याउनु भएको बताउनुभयो । उनले भने, “कर्मचारीमा पुरानो कार्यशैली छ । त्यसलाई आधुनिकीकरण गर्दै कार्यशैलीमा परिवर्तन गर्नुपर्दछ । प्रशासनलाई स्मार्ट प्रशासनमा बदल्नु जरुरी छ ।”

नेता थापाले भ्रष्टाचार उन्मूलन नभईक


Last Updated on: September 18th, 2021 at 6:22 pm
९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया