बिहिबार २३ मंसिर २०७८

एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । शनिबार उज्वेकिस्तानमा भएको खेलमा नेपालले फिलिपिन्ससँग २–१ गोलको हार बेहोरेको हो ।

जेएआर स्टेडियममा खेलको अन्तिम समय जोगिन नसक्दा फिलिपिन्ससँग नेपाल पराजित भएको हो । नेपालले पहिलो हाफमा अग्रता बनाएको थियो । नेपालका लागि खेलको १० औँ मिनेटमा विमला चौधरीले गोल गरेकी थिइन् ।

तर दोस्रो हाफमा फिलिपिन्सले नेपालको अग्रता उल्टाउँदै जित दर्ता गरेको हो । फिलिपिन्सले ९०औँ मिनेटमा बराबरी गोल गरेको थियो भने इन्ज्युरी समयमा अर्को गोल थपेको थियो ।

अहिलेसम्म नेपाल र फिलिपिन्सबीच दुई खेल भएकोमा दुवैमा नेपाल पराजित भएको छ । यसअघि सन् १९९९ मा नेपालले एएफसी वुमेन्स च्याम्पियन्सिपमा फिलिपिन्सको सामना गरेको थियो । त्यसमा नेपाल ५–० ले पराजित भएको थियो ।

यससँगै समूह ‘एफ’को नेपालले हारबाट छनोटको सुरुआत गरेको छ । फिलिपिन्सले भने तीन अङ्क जोड्दै शीर्ष स्थान कब्जा गरेको छ ।

 

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना सङ्क्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९०, सुनसरीमा २७, मोरङमा २२, इलाममा ६, धनकुटामा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको दमकमा १९, बिर्तामोडमा १६, अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ६–६, बाहृदशी र बुद्धशान्तिमा २–२, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा १९, इटहरीमा ४, देवानगञ्ज, बराहक्षेत्र, दुहवी र इनरुवामा १–१, मोरङको विराटनगरमा १५, बुढीगंगामा ३, उर्लाबारीमा २, कटहरी र सुनबर्षीमा १–१, इलामको इलाम नगरपालिका, सुर्योदय र माईमा २–२, धनकुटाको धनकुटा नगरपालिका छथरजोरपाटी र पाख्रिबासमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १४० महिला र १४० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृ,x त्यु भएको छ । मृ,x त्यु हुनेमा १ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 


Last Updated on: September 18th, 2021 at 6:36 pm
५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया