आइतबार १९ मंसिर २०७८

ताप्लेजुङका भरतमणि पौडेल नयाँ ‘कमेडी च्याम्पियन’ बनेका छन् । शनिबार बेलुका भएको ग्राण्ड फिनालेमा भरतमणि च्याम्पियन बनेसँगै नगद २५ लाख रुपैंयाँ र एक कार पुरस्कार पाएका छन् ।

भरतमणिले गरेको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाहको क्यारिकेचर सर्वाधिक रुचाइएको प्रस्तुतिमा परेको थियो । यसबाहेक घरबेटीको चरित्र पनि उत्तिकै प्रशंसनीय थियो ।

त्यस्तै भारत सिक्किमका विक्की अग्रवाल ‘फस्ट रनरअप’ बनेका छन् । उनले टीभीएस अपाचे मोटरसाइकल जितेका छन् । पछिल्लोपटक ‘पेन्टोमाइम’ अभिनयले चर्चामा रहे । उनको यो प्रस्तुतिमा शोका तीन निर्णायक प्रदीप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले प्रशंसा गरे पनि अर्का निर्णायक सन्तोष पन्तले आलोचना गर्दा सामाजिक सञ्जालमा सन्तोषविरुद्ध अनेक टिप्पणी गरिएको थियो ।

त्यस्तै गोरखाका सन्तोष थापा ‘सेकेण्ड रनरअप’ बन्दै एक स्कुटर जितेका छन् । उनले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालादेखि नेपाली टिचरसम्मको सम्झनालायक प्रस्तुति दिएका थिए ।

हाँस्य अभिनेता हरिवंश आचार्यले विजेताको घोषणा गरेका हुन् ।

 

प्रहरी प्रधान कार्यालयले नजिकिँदै गरेको चाडपर्व भयरहितरुपमा मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहितरुपमा मनाउन चाडवाड केन्द्रित विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

ठाउँअनुसारको योजना निर्माण गर्न निर्देशन दिइएको जानकारी गराउँदै प्रवक्ता कुँवरले भने–‘कुनै जिल्ला कार्यालयले लागू पनि गरिसके र बाँकीले लागू गर्ने तयारीमा छन् ।’

चाडपर्वका बेला मुख्यगरी आर्थिक गतिविधि र भेटघाटका गतिविधिसमेत बाक्लिदा झै–झगडा तथा आपराधिक क्रियाकलाप हुनसक्नेतर्फ प्रहरी सचेत रहेको पनि हेडक्वार्टले जनाएको छ । त्यसैगरी हेडक्वार्टरले तीव्र गतिमा सवारी साधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुनसक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन निर्देशन दिएको छ ।

अब प्रहरीले चोरी, अपहरण, कालोबजारी, चन्दा आतङ्कजस्ता आपराधिक क्रियाकलाप हुन नपाउने गरी सुरक्षा योजना निर्माण गरी लागू गर्नेछ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा भने शुक्रबारदेखि नै यो योजना लागू गरिएको कुँवरले जानकारी गराए ।

उपत्यकामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी योजना कार्यान्वयन गरिएको छ । योजनाअन्तर्गत बढी भिडभाड हुने, आर्थिक गतिविधि बढी हुने क्षेत्र, बैंक तथा वित्तीयसंस्था र यातायात क्षेत्रमा निगरानी बढाउन थालिएको छ ।

सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने र तत्काल परिचालन हुने (क्वीक रेष्पोन्स) टोली गठन गरिएको छ भने आकस्मिक जाँच तथा सार्वजनिक सवारी साधनमा समेत सादा पोशाकका सुरक्षाकर्मीले निगरानी गर्ने जनाइएको छ ।

 


Last Updated on: September 19th, 2021 at 10:51 am
८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया